शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यूरोपियन युनियनको सहयोग नलिन सरकारलाई विवेकशीलको सुझाव

शुक्रबार, ०९ चैत २०७४, १७ : ११
शुक्रबार, ०९ चैत २०७४

काठमाडौं– विवेकशील साझा पार्टीले युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको संविधानका प्रावधानबारे गरेको टिप्पणीको भत्र्सना गरेको छ । सो पार्टीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै युरोपियन युनियनले क्षमा याचनासहित प्रतिवेदन फिर्ता लिन माग गरेको छ ।

विवेकशील साझा पार्टीका प्रवक्ता सुर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा परराष्ट्र मन्त्रालय र निर्वाचन आयोगको आपत्तिसहितको औपचारिक विज्ञप्तिको स्वागत गरिएको छ । विवेकशील साझाले राज्यका महत्वपूर्ण अंगका गतिविधिमा विदेशी संघ, संस्थाको अवाञ्छित संलग्नता खेदजनक परिघटनाका कारक भएको उल्लेख गरेको छ ।

त्यस्तै उक्त पार्टीले संवैधानिक आयोग र राज्यका अन्य संवेदनशील निकायमा आवश्यक बजेट व्यबस्था नेपाल सरकारले नै गरेर विदेशी संघ–संस्थाको हस्तक्षेपकारी भुमिका रहनेगरि कुनैपनि सहयोग नलिन ध्यानाकर्षण गराएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप