शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘ओलीको भारत भ्रमणअघि नै दुई पार्टी एकता’

शनिबार, १० चैत २०७४, १७ : ५४
शनिबार, १० चैत २०७४

काठमाडौं–नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको भारत भ्रमणअघि नै  पार्टी एकता हुनुपर्नेमा जोड दिएको छ । 
 माओवादी केन्द्रको शनिबार बसेको  हेडक्वार्रटर बैठकले प्रधानमन्त्रीको भारत भ्रमणअघि नै एमाले र माओवादी केन्द्रबीच एकता हुनुपर्नेमा जोड दिइएको  नेता विश्वनाथ साहले  रातोपाटीलाई जानकारी दिए । 
 प्रधानमन्त्री ओलीको चैत २३ गतेदेखि भारत भ्रमण गर्ने तयारी भइरहेको बेला माअ‍ोवादीले सो अघि नै एकता हुनुपर्नेमा जोड दिएको हो । जवकी यसअघि दुबै पार्टीका  नेताहरुले कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन पारेर  बैशाख १० गते एकता गर्ने बताउँदै आएका थिए । 
दुई पार्टीबीच गत असोजमा वाम तालमेलको घोषणा भएसँगै  विभिन्न चरणको छलफल हुँदै एकताको चरणमा पुगिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप