मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगामा छोराको खुकुरी प्रहारबाट बुबा गम्भिर घाइते

शनिबार, १० चैत २०७४, १८ : २९
शनिबार, १० चैत २०७४

रामहरि श्रेष्ठ 

ओखलढुंगा । छोराको खुकुरी प्रहारबाट ओखलढुंगामा एक जना गम्भिर घाइते भएका छन् । खजीदेम्बा गाउँपालिका ८ खिजिकातिका २५ वर्षीय छोरा जीवन सुनुवारको खुकुरी प्रहारबाट ५० वर्षीय गुमान सिंह सुनुवार गम्भिर घाइते भएका हुन् । 

शुक्रबार बेलुका सामान्य घरायसी विवादको निहुँमा छोरा जीवनले खुकुरी प्रहार गरेको वडा अध्यक्ष नगेन्द्र बस्नेत*ले बताए ।

खुकुरी प्रहारबाट गुमान सिंहको टाउको, हात, घाँटी र खुट्टामा गहिरो चोट लागेको छ । 

छोराको खुकुरी प्रहारबाट गम्भिर घाईते भएका उनलाई हिजो नै हेलिकप्टर चार्टर गरी उपचारका लागी काठमाडौँ पठाइएको वडा अध्यक्ष न्यौपानेले बताए । अहिले घाइते गुमानसिंहको काठमाडौँस्थित टिचिङ अस्पतालमा उपचार भैरहेको छ ।

उनको स्वास्थ अवस्था गम्भिर रहेको अस्पताल स्रोतले जनाएको बस्नेतले बताए । 

आफ्नै बुबालाई खुकुरी प्रहार गरी गम्भिर घाइते बनाउने छोरा जीवनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यलय ओखलढुंगा ल्याईएको छ । 

घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।  

* सच्याइएको 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप