शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओली–प्रचण्डकोे नयाँ कार्ड : भारतमाथि दवाव बनाउने यस्तो छ रणनीति

आइतबार, ११ चैत २०७४, ०९ : ३७
आइतबार, ११ चैत २०७४

बबिता शर्मा

काठमाडौं– कम्युनिष्ट पार्टीको स्थापना दिवस अर्थात बैशाख ९ गते पार्टी एकता गर्ने गरी दुई ठूला दल एमाले र माओवादीले गृहकार्य गरिरहेका थिए । त्यसैले शीर्ष नेतादेखि तल्लोतहका कार्यकर्तासम्मले यहीँ किसिमको अभिव्यक्ति दिईरहेका थिए ।

तर, हिजो नाटकीय रुपमा नयाँ विषय प्रवेशले पायो । नयाँ विषय अर्थात एमाले र माओवादीबीचको पार्टी एकता प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपूर्व नै हुने गरी केही नेताका भनाई बाहिर आए । 
माओवादी नेता समेत रहेका उर्जा मन्त्री बर्षमान पुन र माओवादीकै अर्का नेता विश्वनाथ साहले प्रधानमन्त्री ओलीको भारत भ्रमण अगाडि नै पार्टी एकता हुने बताए । 

शनिवार विहान माओवादी हेडक्वाटरको बैठक बसेको थियो । बैठकले केही संगठनात्मक जिम्मेवारीमा हेरफेर गरेको थियो । बैठककै समाचार रिपोर्टिङकै क्रममा रातोपाटीले माओवादी नेता विश्वनाथ साहसँग कुराकानी गरेको थियो । 

उनले बैठकले प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको भारत भ्रमणअघि नै  पार्टी एकता हुनुपर्नेमा जोड दिएको जानकारी दिएका थिए । यही समाचार थियो, जसले ओलीको भ्रमण अगाडि एकताको विषय बहसमा ल्याएको थियो । 

दिउँसो अर्का नेता बर्षमान पुनल पनि यस्तै अभिव्यक्ति दिए  । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसमेत रहेका पुनले प्रधानमन्त्रीको भारत भ्रमणअगावै पार्टी एकता गर्ने तयारी भइरहेको बताएका थिए । 

पाल्पा–काठमाडौँ संघीय गणतान्त्रिक सम्पर्क मञ्चद्वारा आज आयोजित बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले आगामी १० दिनभित्रमा पार्टी एकता हुने गरी पार्टी एकता संयोजन समितिले काम गरिरहेको जानकारी दिएका थिए । 

उनले भनेका थिए, ‘प्रधानमन्त्रीको भारत भ्रमण अगावै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने गरी काम भइरहेको छ ।’ 

प्रधानमन्त्री केपी ओलीले चैत्र २३ गतेबाट भारत भ्रमण गर्ने समाचार आईरहेका छन् । सरकारीस्तरबाट भ्रमणवारे औपचारिक घोषणा चाहिँ भएको छैन् । 

शुक्रवारसम्म कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन पार्टी एकता गर्ने गरी नेताहरुले अभिव्यक्ति दिईरहेका थिए । अचानक के घटनाक्रम विकसित भयो र प्रधानमन्त्रीको भारत भ्रमण अगाडि नै पार्टी एकता गर्ने तयारी भयो ? 

‘ओलीको भारत भ्रमणअघि नै दुई पार्टी एकता’

चैत २३ गते अगावै पार्टी एकता : मन्त्री पुन

हामीले विकसित घटनाक्रमवारे जान्न खोज्यौँ ।

शनिवार विहान माओवादी केन्द्रीय कार्यलयको बैठब बसेको थियो, जहाँ प्रचण्डले पार्टी एकताकोवारे विफ्रिङ गरेका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले प्रधानमन्त्रीको भारत भ्रमण अगाडि एकता गर्ने गरी आफु र प्रधानमन्त्री ओलीवीच संवाद भएको जानकारी गराए ।

त्यसपछि माओवादी नेताहरुले प्रधानमन्त्री ओलीको भारत भ्रमण अगाडि नै पार्टी एकता गर्ने सार्वजनिक अभिव्यक्ति दिन थाले । 

किन प्रधानमन्त्रीको भारत भ्मण अगाडि नै एकतामा जोड दिइयो ? 

यहीँ प्रश्नको उत्तर खोज्न हामीले एमाले र माओवादीका केही नेताहरुसँग कुराकानी गरेका थियौँ । उनीहरुका अनुसार प्रधानमन्त्री ओलीको भारत भ्रमण अगाडि नै एकता गर्ने सोचका पछाडि केही रणनीति छन् । स्रोतका अनुसार भारत भ्रमण अगाडि नै पार्टी एकतमा प्रधानमन्त्री ओलीको चाहना बढी छ । 

ती नेताहरुले बताए अनुसार 

फ्याक्टर १–प्रधानमन्त्री ओलीको भारत भ्रमणमा भारतसँग बलियोसँग प्रस्तुत हुने विषयमा प्रधानमन्त्री ओली र प्रचण्डवीच संवाद भयो ।

यही संवादको निश्कर्ष थियो–एकीकृत र शक्तिशाली पार्टी तथा प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमण गर्ने ।

त्यसपछि ओली र प्रचण्डले भ्रमण अगाडि नै एकीकृत पार्टी बनाउने विषयमा सहमति जुटाए र आ–आफ्नो पार्टीका नेताहरुसँग अनौपचारिक संवाद थाले । 

एकीकृत पार्टीको हैसियतमा भारत भ्रमणमा जादा नेपालको हितमा धेरै कुरा राख्न सकिने, भारतमाथि दवाव बनाउन सकिने प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डको बुझाई रहेको नेताहरुको भनाई छ । भारतमा मोदी पनि निकै शक्तिशाली प्रधानमन्त्री छन् ।

संसदमा उनलाई दुई तिहाई बहुमत छ । यता ओलील पनि मधेशवादी दलको समर्थनसहित आफु दुई तिहाई मतसहितको शक्तिशाली प्रधानमन्त्री भएको सन्देश दिन चाहन्छन् । 

फ्याक्टर २ :प्रधानमन्त्री ओलीको भारत भ्रमणपछि पार्टी एकतामा साना तिना वा प्राविधिक केही समस्या देखिए त्यसलाई ‘भारतसँग’ जोडेर हेर्ने खतरा उत्तिकै रहन्छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड यसमा सचेत देखिएका छन् । ओलीको भ्रमणपछि आउनसक्ने सम्भावित जटिलतालाई ध्यान दिदै दुवै नेता भ्रमण अगाडि नै एकता गरेर जटिलता आउन नदिने पक्षमा देखिन्छन् । 

फ्याक्टर ३ : अन्तराष्ट्रिय समुदाय नेपालमा संविधानसभाबाट संविधान निर्माणपछि यहाँका ठूला राजनीतिक कोर्स सकिएको बुझाईमा छ । ओली र प्रचण्ड पार्टी एकताको कोर्स भारत भ्रमण अगाडि नै सकेर भारतसहित अन्तराष्ट्रिय समुदायलाई यो सन्देश दिन चाहेका छन कि, ‘नेपालमा अब कुनै राजनीतिक घटनाक्रम वाँकी छैन् । अब स्थिर सरकारबनेको छ । विकास र समृद्धिमा सहकार्य गरेर अगाडि बढ्नुपर्छ ।’ 
ओली र प्रचण्ड यो विषय पनि राम्रोसँग जानेका छन कि, एकताले भारतमाथि दवाव बनाउन सकिन्छ । यस्तो अबस्थामा प्रधानमन्त्रीको भ्रमण अगाडि नै एकता हुँदा त्यसको सन्देश ठीक हुन्छ । 

अब राजदूतहरुलाई ‘लगाम’ !

फ्याक्टर ४ : नेपालमा बामगठन्धन बन्नुलाई भारतसहितको अन्तराष्ट्रिय समुदाय चिनियाँ चासोको उपज ठान्छ । स्रोतका अनुसार चिनियाँपक्ष पनि प्रधानमन्त्री ओलीको भारत भ्रमण अगाडि नै पार्टी एकता होस् भन्ने चाहना राख्छ । एमाले–माओवादी चुनावी गठबन्धन र पार्टी एकतामा चिनियाँ चासोको अर्थपूर्ण भूमिका छ भन्नेहरु पनि धेरै नै छन् । 

अहिलेसम्म एकताका लागि के के भएका छन् ?

दुवै पार्टीका शीर्ष नेता रहेको पार्टी एकता संयोजन समिति छ । 

गत ७ फागुनमा दुई दलबीच पार्टी एकताका लागि सातबुँदे प्रारम्भिक आधार तय भएपछि संगठनात्मक तथा विधान मस्यौदा कार्यदल र प्रतिवेदन कार्यदल गठन गरिएको थियो । 

दुई दलले कार्यदलले आ–आफ्नो तरिकाले काम गरेका छन् ।  दुई कार्यदलले प्रारम्भिक काम गरिसकेका छन् । 

कार्यदलका रहेका धेरैजसो नेता मन्त्री भएपछि कार्यदल अलि सुस्ताएको थियो ।  

कार्यदलमा रहेका नेताहरुका अनुसार गहन संवादमा लाग्ने हो भने कार्यदल दुई–चार दिनमै निश्कर्षमा पुग्ने गरी तयारी अबस्थामा छ । 

तीन सय देखि तीन सय ५० जनासम्मको केन्द्रीय समिति, एकसय नजिक पोलिटव्यूरो, ३५ जनाजतिको स्थायी समिति बनाउने गरी गृहकार्य भएको छ । 

पेशागत संगठनहरुको एउटै महासंघ बनाउने तयारी छ । 

पार्टी एकतापछि जनसंगठनहरुको एकता गर्ने गृहकार्य छ । एमालेमा २२ र माओवादीमा २४ जनसंगठन छन् । 

एकीकृत पार्टीले राष्ट्रिय पूँजीको विकाससहित समाजवादतर्फ अग्रसर हुने कुरालाई आफ्नो कार्यदिशा बनाउने भएको छ । 

एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने यसअघि नै सहमति बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप