बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीको एपमाथि पनि प्रयोगकर्ताको सूचना चोरेको आरोप

मङ्गलबार, १३ चैत २०७४, ०९ : ३१
मङ्गलबार, १३ चैत २०७४

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मोबाइल एपले प्रयोगकर्ताहरुको निजी जानकारीहरु तिनलाई थाहै नदिई अमेरिकास्थीत ‘थर्ड–पार्टी’ कम्पनी क्लेभर ट्यापलाई दिइरहेको आरोप लागेको छ । फ्रेन्स सुरक्षा अनुसन्धानकर्ता एलियट एल्डरसनले यो कुराको दाबी गरेका हुन् । 

नरेन्द्र मोदी एप मोबाइल उपकरणहरुमा डाउनलोड गर्न सकिन्छ । यसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका खबरहरु नियमित अपडेट गर्छ ।

एल्डरसनले यो कुरा श्रृङ्खलाबद्ध ट्वीटबाट जानकारी  गराएका हुन् । एल्डसनका अनुसार प्रयोगकर्ताले नरेन्द्र मोदी एपमा आफ्नो प्रोफाइल बनाउँदा तीनको उपकरणको जानकारीदेखि लिएर व्यक्तिगत सूचनाहरु ‘थर्ड–पार्टी डोमेन’मा जाने गर्छ । यो डोमेन अमेरिकी कम्पनीको स्वामित्वमा रहेको छ ।

एल्डरसनका अनुसार उपकरणको जानकारीमा अपरेटिङ्ग सफ्टवयर, नेटवकिङ्ग, क्यारिएर इत्यादि पर्दछन् । त्यस्तैगरि प्रयोगकर्ताका व्यक्तिगत जानकारीमा इमेल, फोटो, लिङ्ग र नाम आदि ‘क्लेभर ट्याप’सँग अनुमति बिना बाडिने गरेको छ ।

एल्डरसनले ट्वीटमा लेखेका छन् “जब तपाई आधिकारिक नरेन्द्र मोदीमा प्रोफाइल बनाउनुहुन्छ तब तपाईको उपकरणको जानकारी(ओ.एस.,नेटवर्कको प्रकार, क्यारिएर...) र व्यक्तिगत सुचनाहरु(इमेल, फोटो, लिङ्ग, नाम,...) सबै तपाईको जानकारी बिना थर्ड पार्टी डोमेन जततउस्ररष्ल।धशचपत।अयm मा पठाइन्छ । ”

जि–डाटाले त्यो डोमेनलाई फिसिङ्ग लिङ्क(डाटा चोर्ने रणनीति प्रयोग गरिने रणनीति)को रुपमा बर्गिकरण गरेको छ । अनुसन्धानकर्ताका अनुसार सो डोमेनको बारेमा थोरै बढी अनुसन्धान गर्दा अमेरिकी कम्पनी क्लेभर ट्यापमा पुगिन्छ । 

उल्लेखनीय कुरा एल्डरसनले प्रविधी सम्बन्धी सुरक्षा मुद्धामा सचेत गराएको यो पहिलो पटक होइन । यो वर्षको शुरुमा उनले ‘ओन प्लस’ले क्लिपवोर्ड डाटाहरु चिनियाँ सर्भरमा पठाउने गरेको दाबी गरेका थिए । 

एल्डरसनको आरोप अनुसार अक्सिजन ओ.एस. वेटामा रहेको ‘व्याडओर्ड डट टी.एक्स.टी.’ले कम्पनीलाई केही सूचना पहिचान गर्न र चिनिया सर्भरमा पठाउन सहयोग गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप