शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ वर्षको अवसरमा ‘पोखरा फुड कार्निभल’ हुँदै, विदेश भ्रमणसम्मको आकर्षक अफर

बिहीबार, १५ चैत २०७४, २१ : ४३
बिहीबार, १५ चैत २०७४

काठमाडौं–आई ब्लुज म्यानेजमेन्टले नयाँ वर्ष २०७५ को अवसरमा पर्यटकीय नगरी पोखरामा आकर्षक अफरसहितको  ‘पोखरा फुड कार्निभल’ को आयोजना गर्ने भएको छ ।
राजधानीमा बिहिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा चैत ३० गते नयाँबजार स्थित प्रर्दशनी केन्द्रमा कार्निभलको आयोजना गर्न लागिएको जानकारी दिइयो । 
आई ब्लुज म्यानेजमेन्टका प्रवन्ध निर्देशक कुशल थापाले दुई हजार पाँच सय जना पाहुनाहरुको उपस्थिति गराउने गरी तयारी गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए । सुन्दर नगरी पोखरामा सबैलाई भेला पारेर मनोरन्जन दिलाउने उद्देश्यले विभिन्न फुडस्टलका खानाका परिकार, ड्रिङ्क, पार्टी र डिजे म्युजिकसहितको प्रस्तुति कार्निभलमा समावेश गरिएको उनको भनाई छ । 
उनका अनुसार कार्निभलमा विभिन्न आकर्षक अफर समेत ल्याइएको छ । जसमा उत्कृष्ट पोशाक लगाएर सहभागि हुने ४ जना मध्येबाट एक–एक जनालाई सिंगापुर, थाइल्याण्ड, दुबई, इन्डोनेसिया(बाली) घुम्नको लागि पठाइने अफर ल्याइएको छ ।
यस्तै कार्यक्रममा उत्कृष्ट दाह्रीमा सहभागि हुनेलाई वेष्ट वियर्ड घोषणा गरी आइफोन एट प्लस उपहार प्रदान गरिने छ । यस्तै  वेष्ट हेयर स्टाइलिस ५ जनालाई मिडटाउन ग्यालेरिया स्थित हङकङ यूनिक सलुनमा एक पटकको सेवा निशुल्क उपलब्ध गराइने अर्का  आयोजक धीरज थापाले जानकारी दिए । यस्तै उत्कृष्ट  डे«स लगाउने महिलामध्येबाट१० जनालाई मिडटाउन स्थित क्लाउड नाइनमा दश हजार बराबरको सपिङ भौचर उपलब्ध गराइने छ ।
कार्निभलमा डिजे कलाकार साकार, रुपेश, प्रज्वल, विकास, जीवन, र लेडी डिजे नेप्जले सांगीतिक माहोललाई तताउँने छन्  । दुई चरणमा सम्पन्न हुने कार्यक्रम अन्तर्गत  पहिलो  चरणमा चैत ३० गते दिउँसो ११ बजेदेखि साँझ ५ बजेसम्मको एक हजार रुपैयाँमा  प्रवेश पासको व्यवस्था गरिएको छ  ।

यस्तै  दोस्रो चरणको साँझ ५ बजे देखि संचालन हुने कार्यक्रमका लागि दुई हजार रुपैयाँ टिकटमा वेलकम ड्रिङ्स र प्रवेश पासको व्यवस्था गरिएको छ । यस्तै  पोखराबाहिरका पाहुनालाई १२ हजार रुपैयाँ टिकटमा दुई जनाका लागि एकतर्फी यातायात सुविधा, वेलकम ड्रिङ्स, प्रवेश पास, उच्च स्तरीय होटलमा एसी सुविधा सहितको कोठामा बस्नका लागि प्रबन्ध गरिएको आयोजकले जनाएको छ ।  जसमा फेवातालमा निशुल्क बोटिङ समेत समावेश गरिएको छ । 

कार्यक्रममा संस्कृति झल्काउने पोशाक, इच्छाअनुसारको फेस माक्स मेकिङ, विभिन्न पेसा व्यवसायसँग सम्बन्धित डे«स कोड लगायत आफूलाई सहज लाग्ने जुनसुकै पोशाकमा उपस्थित हुन पाइने अर्की आयोजक सजना गोदारले जानकारी दिइन् ।

यसैबीच कार्यक्रमबाट संकलित  प्रतिफलको १५ प्रतिशत रकम राष्ट्रिय आविष्कार केन्द्र केन्द्रलाई दिइने बताइएको छ  ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप