शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तनहुँमा ५० भन्दा बढि विद्यालयहरु मर्ज : मर्ज हुने क्रम बढ्दो

बिहीबार, २२ असार २०७४, ०९ : १८
बिहीबार, २२ असार २०७४

-किरण श्रेष्ठ 
तनहुँ - तनहुँ जिल्लामा अहिले सम्म ५० विद्यालयहरु मर्ज भएका छन् । विद्यार्थी संख्या कम भएका विद्यालयहरुलाई मर्ज गरिएको हो । अझै पनि १० जना विद्यार्थी भन्दा कम रहेका विद्यालय २० भन्दा बढि रहेको जिल्ला शिक्षा कार्यालय तनहूँका शाखा अधिकृत रामेश्वर लामिछानेले जानकारी दिए ।  

पहाड जिल्लाको हकमा एक शिक्षक वरावर ४५ विद्यार्थी संख्या हुनुपर्ने प्रावधान रहेपनि सो अनुरुप हुन नसकेपछि विद्यार्थी संख्या कम भएका विद्यालयहरुलाई मर्ज गरिएको हो । 

सरकारी विद्यालयहरुमा विद्यार्थी संख्या न्यून हुनुमा विशेषगरी अँग्रेजी माध्यबाट पठनपाठन नहुनु, ग्रामीण क्षेत्रबाट शहर केन्द्रित बसाई सराई हुनु, जन्मदर नगराइनु र वैदेशिक रोजगार लगायतका रहेको एक अध्ययानले देखाएको सो कार्यालयले जानकारी दिएको छ । 

तनहूँमा हाल सामुदायिक प्राथामिक ३ सय ६, संस्थागत ४२ गरी ३ सय ४८, सामुदायिक निमावि आधारभूत तह ७२, खसंस्थागत ३३ गरी १ सय ५ र सामुदायिक माध्यमिक  १ सय १० संस्थागत ५४ गरी १ सय ६४ गरी कूल ६ सय १७ विद्यालयहरु रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप