शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभा उपाध्यक्ष दहाललाई गृहजिल्लामा सम्मान

आइतबार, १८ चैत २०७४, १४ : २१
आइतबार, १८ चैत २०७४

महोत्तरी– राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दहालले नयाँ संविधान र संघीयता जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनका उपज भएको बताएकी छन् । 

आइतबार महोत्तरीको बर्दिबास नगरपालिकाले आयोजना गरेको कार्यक्रममा उनले आफू प्रदेश नं २ बाट राष्ट्रिय सभाका लागि  निर्वाचित भएपनि समग्र देशकै नीति निर्माणमा अहोरात्र खट्ने बताइन् ।

उपाध्यक्ष दहालले हिजो न्याय, समानता स्वतन्त्रता र गाँस,बास,कपास,शिक्षा,स्वास्थ्य र रोजगारको अधिकारका लागि लडेकाले आज आफूलाई  अधिकार दिने ठाँउमा नेपाली जनताले पुर्याएको प्रस्ट पारिन् । 

उपाध्यक्ष्य दहालले आफू माओवादी केन्द्रका तर्फबाट प्रदेश नं २ को  प्रतिनिधित्व गरेपनि राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि पार्टीका कुनैपनि जिम्मेवारीमा नरहने गरी साधारण सदस्यबाट राजीनामा दिएको बताइन् । कार्यक्रममा बर्दिबास नगरपालिकाका प्रमुख विदुर कार्कीले बर्दिबास प्रदेश नं २ कै विकासको केन्द्र बन्दै गएको बताए ।

उनले विकास निर्माणको कोणबाट यस क्षेत्रबाट प्रतिनिधित्व गरेका जनप्रतिनिधिहरु नीति निर्माण गर्ने तहमा पुगेको हुँदा बर्दिबासबासीले सोही अनुसार अपेक्षा गरेको बताए । 

कार्यक्रममा उपाध्यक्ष दहाललाई बर्दिबास नगरपालिकाले सम्मान गरेको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप