बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सरकारको विदा कटौतिप्रति मुख्यमन्त्री गुरुङको असन्तुष्टी

आइतबार, १८ चैत २०७४, १९ : ५७
आइतबार, १८ चैत २०७४

–भुपाल गुरुङ
कास्की– प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले गरेको आदिवासी जनजाति सांस्कृतिक पर्व विदा कटौतीलाई फिर्ता लिनुपर्ने बताएका छन् । आइतबार तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषदले पोखरामा आयोजना गरेको प्रदेश नामाङकन विचार गोष्ठीमा बोल्दै गुरुङले केन्द्र सरकारले संविधानको मर्म विपरित पर्वहरुको विदा कटौति गरेकाले तत्काल निर्णय सच्याउन आग्रह गरेका हुन् ।  

मुख्यमन्त्री गुरुङले सार्वजानिक विदाका कारण देश विकास हुन नसकेको नभई राजनितिक दलका नेताहरु नै भष्ट्राचार प्रमुख कारण भएको आरोप लगाए । गुरुङले देशका सबै तह र तप्कामा समान अधिकार र पहुँच हुनुपर्ने भन्दै सडकको बलमा अधिकार स्थापित गर्न खोजेर अस्थिरता ननिम्त्याउन अनुरोध गरे । 
उनले प्रदेश ४ गुरुङ जातिको अदिम थलो भएको भन्दै सबै जातजाति, समुदायको सहमति र सहकार्यमा प्रदेश नामाकरण गरिनेमा जोड दिए । प्रदेश नामाकरण गर्न संसदीय समिति बनेको भन्दै  संसदको दुई तिहाइले नामाकरण गर्न सक्ने व्यवस्था रहेको भन्दै नामाकरणमा व्यापक छलफल हुनुपर्ने बताए । 

गोष्ठीमा विचार गोष्ठीमा स्तम्भकार राजेन्द्र महर्जनले नेपालमा जातिय पहिचानका आधारमा प्रदेशको नामाकरण हुनुपर्ने भन्दै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने अर्का स्तम्भकार युग पाठक र आदिवासी जनजाति अगुवा डा. ओम गुरुङले टिप्पणी गरेका थिए । एक दिने गोष्ठिमा प्रदेश ४ का गुरुङ समुदाय उलेख्य सहभागिता थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप