बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मेरिल्याण्डमा नेजाको अधिवेशन हुने

बुधबार, २१ चैत २०७४, १६ : ५८
बुधबार, २१ चैत २०७४

अमेरिका– नेपाल अमेरिका पत्रकार संघ, नेजाकोे छैठौ अधिवेशन तथा १२ औं साधारण सभा आगामी जुलाईमा हुने भएको छ । नेजा सचिवालयको बैठकले अधिवेसनको मिति तय गरेको हो ।

नेजाका सल्लाहकारहरु गिरिश पोखरेल, आडछिरिड शेर्पा, योगेश उपाध्याय र तारा बरालको सहभागितामा बसेको बैठकले छैठौ अधिवेशन तथा १२ औं साधारण सभा सम्पन्न गर्न सल्लाहकार योगेश उपाध्यायको संयोजकत्वमा समिति गठन गरिएको छ । 

अधिवेशनको मिति छिटै तोकिने संयोजक उपाध्यायले जानकारी दिए ।

साथै अधिवेशनलाई लक्षित गरेर आगामी जुन महिनाको पहिलो हप्ताभित्र सदस्यता लिन र नविकरण गर्न सकिने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप