शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शरीरदेखि बाइकको सिटमुनि ४० लाख, दुई पक्राउ

बुधबार, २१ चैत २०७४, १७ : ०२
बुधबार, २१ चैत २०७४

बारा– जिल्ला प्रहरी कार्यालय बारको टोलीले शंकास्पद ४० लाख रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ । नगदसहित भारत मोतिहारीका २२ बर्षे गुडुकमार साह कानु र बीरगञ्जका सन्तोष कुमार जैसवाललाई पक्राउ गरेको हो । 

कानुले भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा बारा विश्रामपुरबाट उक्त रकम बरामद गरेको हो ।

कानुले शरीरका विभिन्न भागमा बाँधेर उक्त रकम ल्याएको प्रहरीले जनाएको छ । 

सो रकम भारत मोतिहारीका सन्तोष कुमार साहले बीरगञ्जको इनर्वा बस्ने सन्तोष कुमार जैसवाललाई दिन पठाएको भनेपछि जैसवाललाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप