सुदूरपश्चिमकै नमुना कारागार बन्दै बझाङ कारागार
बिहीबार, २२ चैत २०७४, १६ : ०२
सम्राट सिंह
बझाङ– बझाङको जिर्ण जिल्ला कारागार पुनः निर्माण भएपछि सुदूरपश्चिमकै नमुना कारगार बनेको छ ।
२०४० सालमा स्थापना भएको कारागारको संरचना पुरानो भएकोले नयाँ भवन निर्माण गरिएको हो । शहरी विकास डिभिजन कार्यालयले यस आर्थिक वर्ष बझाङ कारागारमा ब्यवस्थित २ वटा भवनहरुको निर्माण गरेको हो ।
यसअघि जिर्ण कारगारमा क्षमता भन्दा तेब्बर कैदीबन्दीले सजाय भोग्दै आएका थिए । बझाङ कारागार जिर्ण भएकै कारण विगतमा कतिपय कैदी बन्दीहरु फरार भएका थिए । शहरी डिभिजन कार्यालय वैतडीले ३ करोड १८ लाखमा सम्झौता गरी बझाङ कारागारको निर्माण कार्यको जिम्मा लिएको कारागार शाखाले जानकारी दिएको छ ।
आधुनिक तथा ब्यवस्थित बन्दी गृह निर्माण भएपछि कैदी बन्दीहरुलाई राख्न सजिलो हुने कारागार शाखाका निमित्त अधिकृत (जेलर) राजेन्द्र बोहराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
-
मधुमेहको लक्षण, बच्ने उपाय र उपचार
-
विश्व बैंक र आईएमएफको बैठक सकेर स्वदेश फर्किँदै अर्थमन्त्री पुन