शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटनमा विगतका सम्झौता कार्यान्वयनबारे भारतसँग छलफल हुने

शुक्रबार, २३ चैत २०७४, ०८ : २०
शुक्रबार, २३ चैत २०७४

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीकोे भारत भ्रमणका क्रममा पर्यटन क्षेत्रमा विगतमा भएका सम्झौतालाई कार्यान्वयन गर्नेबारे छलफल हुने बताइएको छ । 

प्रधानमन्त्रीको भ्रमण टोलीका सदस्य एवं नेपाल एशोसिएशन अफ टुुर्स एण्ड ट्राभल एजेन्ट्स् (नाट्टा)का अध्यक्ष सिएन पाण्डेले रासससँग कुरा गर्दै विगतमा पर्यटन क्षेत्रमा भएका सम्झौतालाई कार्यान्वयन गर्नेबारे भ्रमणमा छलफल हुने बताए । 

पाण्डेले नेपाली पर्यटक बसलाई सहजरुपमा भारतमा सञ्चालन गर्न पाउने, विभिन्न देशबाट भारतमा आउने पर्यटक नेपालमा ल्याउने, पर्यटन क्षेत्रमा भारतीय लगानी भित्र्याउनेलगायत विगतमा भएका सम्झौतालाई प्राथमिकता दिने बताए । “पर्यटन मन्त्रालय र निजी क्षेत्रले पर्यटन क्षेत्रको विकासमा भारत भ्रमणका क्रममा उठाउने एजेण्डाबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेका छौँ,” – उनले भने ।

भारतले आफ्ना सरकारी कर्मचारी नेपालमा पर्यटकका रुपमा घुम्न पठाउँदा (लिभ ट्राभल अलाउन्स) सरकारी पैसा दिएर नेपाल पठाउनेबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएर गरेको घोषणालाई कार्यान्वयन गर्नेबारे छलफल गर्ने भ्रमण दलका सदस्य पाण्डेले बताए । 

आजदेखि हुन लागेको भ्रमणमा पर्यटन क्षेत्रबाट पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र नाट्टाका अध्यक्ष पाण्डेसमेत रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप