शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आँचलजी, के हावा नचली पात हल्लिन्छ र ?

शुक्रबार, २३ चैत २०७४, १८ : ४१
शुक्रबार, २३ चैत २०७४

काठमाडौं – अचेल ‘शत्रु गते’ चलचित्रको चर्चा चुलिदो छ । तीन साता अगाडी प्रदर्शनमा आएको ‘शत्रु गते’ले यो शुक्रबार पनि धेरै चलचित्र भवनमा निरन्तरता पाएको छ । चलचित्रको ब्यवसाय पनि राम्रो भइरहेको निर्माण युनिटको दाबी छ ।
तर, चलचित्रले जति नै चर्चा र ब्यवसाय गरे पनि यसकी अभिनेत्री आँचल शर्मा भने छायामा छिन् । चलचित्रको सफलताको पछाडी न त उनको नाम जोडियो । न कामको नै चर्चा भयो । 
चलचित्रको केन्द्र बिन्दुमा उनी रहेपनि फितलो देखिएकी छन् । उनका कारणले चलचित्र भवनमा दर्शक बढ्नु त परै जाहोस्, उनको अभिनयको समेत कसैले नोटिस गरेनन् । मात्र, उनी एउटा चलचित्र भित्रको हिरोइन म्याटरमा फिट भइन् ।
आँचल हिट चलचित्र ‘नाइ न भन्नु ल’को चौथो सिक्वेलबाट अभिनयमा डेब्यु गरेकी हुन् । तीन सिक्वेल हिट भएको चलचित्रको चौथो सिक्वेल भने नराम्रोसँग पछारियो । त्यसपछि उनी फेरी ‘जोनी जेन्टलम्यान’मा देखिइन् ।  यो चलचित्रले निर्माता नराम्रो सँग डुबायो । केही चलचित्र भवनमा त चलचित्र लागेको भोलीपल्ट उतारिए ।
पछिल्लो समय आँचलको चर्चा अभिनयको कारणले भन्दा पनि पल शाह सँगको प्रेम सम्बन्धले हुने गरेको छ । तीन चलचित्रसँगै देखिएका यी जोडीबीच केही न केही रहेको चर्चा चलचित्र क्षेत्रमा छ । तर आफुहरु मिल्ने साथीमात्र भएको दुबै बताउँछन् ।  
केही समय अगाडी निर्देशक सुदर्शन थापाको निर्माणाधिन चलचित्र रामकहानीमा पल शाह रहने कुरो थियो । तर आँचल नरहने भएपछि उनले चलचित्रबाट हात झिकेको चर्चा चल्यो । केही निर्माताले त पल आफ्नो चलचित्रमा आँचलको सिफरिस गर्छन् भन्ने समेत गरेका छन् । तर आँचल भने यो मान्न तयार छैनन् । केही साता अगाडी पलको जन्मदिनमा पनि उनी रोएकी थिइन् । उनको यो क्रियाकलापले पनि चलचित्र क्षेत्रमा उनको पलसँग राम्रो प्रेम रहेको चर्चा चल्यो । लगत्तै एक कार्यक्रमा उनले मिल्ने साथीमात्र भएको स्पष्टिकर दिइन् । 
पटक पटकको प्रेम चर्चा टाल्दै आएकी आँचललाई एउटा प्रश्न सोध्न मन लागेको छ । आँचलजी, के हावा नलागी पात हल्लिन्छ र ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप