शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउन नपाएकाे गुनासाे

शनिबार, २४ चैत २०७४, १३ : १२
शनिबार, २४ चैत २०७४

नयाँ दिल्ली- दूताबासको असहयोगका कारण  प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन नपाएको नेपाली एकता समाज भारतले गुनासो गरेका छ । 
ओलीको भारत भ्रमणका क्रममा समाजले नेपालहरुलाई दिनहुँ आइ पर्ने समस्यालाई लिएर ज्ञापनपत्र दिन चाहेको थियो तर, राजदूतावासले समय नमिलाइदिएका कारण त्यो सम्भव हुन नसकेको समाजका अध्यक्ष आनन्द थापाले जानकारी दिए । 
समाजले भारतबाट नेपालमा हुने महंगो टेलिफोन  शुल्क, भारतीय रेलमा भाडामा विभेद, सीमा क्षेत्रमा हुने समस्या र १९५० मा भएको सन्धीको विषयलागायत समेटेर ज्ञापनपत्र बुझाउन लागेको गियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप