शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लेखक बुद्धिसागरको जीवन : ‘सेकेन्ड ड्राफ्ट’ नगरी मरिने हो कि भनेर त्यत्तिकै डर लाग्छ

आइतबार, २५ चैत २०७४, ११ : ३०
आइतबार, २५ चैत २०७४

दस लाख रुपैयाँ पारिश्रमिक लिएर चलचित्र ‘ब्रह्मजंग’ को ‘स्क्रीप्ट’ लेखिरहेका कवि तथा लेखक बुद्धिसागरको ‘कर्णाली ब्लुज’ र ‘फिरफिरे’ उपन्यास सार्वजनिक भइसकेको छ । काठमाडौंको ठमेलमा भेटिएका उनले चलचित्रभन्दा किताल लेख्न आनन्द लाग्न सुनाए । अन्तर्राष्ट्रियस्तरको लेखक बन्ने इन्द्रेणी सपना देखेका लेखक बुद्धिसागरसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी : 

मेरो खाना
विशेषतः दालभात नै मन पर्छ । मसलेदार खानाको सोखिन छु । पिरो पनि त्यत्तिकै मन पर्छ । पछिल्लो समय रोटीसमेत खान थालेको छु । आलुतामाको तरकारी असाध्यै मन पर्छ । घरमा पाक्ने गरे पनि मलाई चुकाउनी र फर्सीमा सुकुटी हालेर पकाइएको तरकारी हेर्नै मन लाग्दैन ।

खानकै लागि योजनाबद्ध रूपमा रेष्टुरेन्ट जाने बानी छैन । कामको सिलसिलामा तीन महिनाजति होटल तथा रेष्टुरेन्टमै खाना खाएको थिएँ । होटल, रेष्टुरेन्टअनुसार स्न्याक्स रोजाइमा पर्छन् । पकाउने रुचि छ तर मैले पकाएको घरकाले खाँदैनन् । मैले चिल्लो र पिरो बढी प्रयोग गर्ने भएकाले त्यस्तो भएको हो । मलाई खुर्सानी नहाली पकाउन मन लाग्दैन । खाइदिनेले भनेअनुसार म खसी मासु मीठो पकाउँछु । खाना मीठै पकाउँछु । काठमाडौंमा दस वर्ष आफैंले पकाएर खाएको व्यक्ति हुँ । 

मेरो पोसाक
प्रायः सर्ट पाइन्ट, टी–सर्ट लगाउँछु । खरानी र नीलो रङको कपडा मन पर्छ । रेडिमेड कपडा रोजाइमा पर्छन् । कपडाको ब्रान्डबारे त्यति जानकारी छैन । जमानामा एउटा टोपी लगाएको थिएँ, त्यो पनि कवि विप्लव ढकालकहाँ छ । 

मेरो फिटनेस
फिटनेससम्बन्धी ध्यान दिने बेला भएको छ । डाइटिङ छैन । बीचमा केही समय मर्निङवाक निस्के पनि योगा कहिल्यै गरिनँ । एकताका जिम जाने गरे पनि साथीहरू बिरामी परेपछि त्यत्तिकै छाडियो । गर्मीमा स्वीमिङ जाने सोच बनाएको छु । स्वीमिङमा गहिरो रुचि छ । घरमा भएको ट्रेडमिल लुगा र सिरक राख्ने माध्यम बनेको छ । 

मेरो अध्ययन
गीत सुन्ने, सिनेमा हेर्ने र किताब पढ्ने काम नियमित हुन्छ । हिजोआज जेम क्वेट्जीको उपन्यास पढिरहेको छु । मेरो किताब फिरफिरे सार्वजनिक भएपछि सय किताब पढ्छु भनेको थिएँ, ५० भन्दा बढी पढें । त्यसपछि सकिनँ । संसारभरिका ४० वर्षमुनिका लेखकले के लेख्दारहेछन् भनेर किताब पढें । त्यसमा चिनियाँ लेखकका बढी पढें । एक लेखकको तीन किताब पढेमात्रै उसलाई चिन्न सकिन्छ । फिक्सन पढ्न मन लाग्छ । 

मन पर्ने लेखक परिवर्तन हुँदै जाँदारहेछन् । मुरा कामी असाध्यै मन पर्ने लेखक हुन् । उनको अर्को किताब कहिले आउला भनेर प्रतीक्षा गरिरहन्छु । भीएस नयपाल र ओरहान पामुक त्यतिकै मन पर्छ । नयपाल र  पामुकको धेरै किताब पढेको छ । दुवैको ‘डिटेलिङ’ पक्ष राम्रो छ । आफू पनि ‘डिटेलिङ’ मन पराउँछु । दुवै मुरा कामी र नयपाल ‘डिटेलिङ किङ’ हुन् । नेपाली बजारमा जो छाइरहेका छन्, सबै लेखक राम्रा छन् । 

मेरो उपन्यास आधा लेखिसकेको छु । हिजोआज चलचित्र ‘ब्रह्मजंग’ को ‘स्त्रीप्ट’ लेखिरहेको छु । मेरो घरको निजी पुस्तकालयमा तीन हजारभन्दा बढी किताब छन् । 

मेरो घुमफिर
घुमफिरमा रुचि भए पनि ‘व्यागप्याक’ बोकेर हिँडिहालौं भन्ने लाग्दैन । ‘सिंगल’ हुँदा पैसा नहुने, हिजोआज अलिअलि पैसा हुन्छ, घरव्यवहार चलाउन ठिक्क । छोरी सानी छे । तर, कामविशेषले घुमफिर गरिरहन्छु । 

नेपालका ४० जिल्ला टेकेको छु । अस्ट्रेलिया पनि पुगेको थिएँ । जर्मनी जाँदै छु । घुमेकामध्ये बडिमालिका असाध्यै मन पर्यो । जीवनमा एकपटक मानसरोवर र पेरिस पुग्ने इच्छा छ । 

मेरो फुर्सद
दस पाँचको जागिर नभए पनि फुर्सद छैन । ‘होलटाइमर राइटर’ भएकाले त्यस्तो भएको हो । मानसिक रूपमा धेरै थकाइ लाग्छ । थकान मेट्न कहिलेकाहीं तीन दिनसम्म खाँदै सुत्ने गर्छु । सपना देखेपछि निद्रा पुग्दैन । फुर्सदमा इन्टरनेटमा अनेक विषय खोजिरहन्छु । घरमै सिनेमा हेर्छु । गीत सुन्छु । लेखकको अन्तर्वार्ता सुन्ने बानी छ । निद्राप्रेमी भएकाले थकाइ धेरै लागेको छ भने सुत्छु । 
घरपरिवारलाई समय धेर–थोर दिएकै छु । छोरी सानी भएकीले परिवारसहित घुम्न, रेष्टुरेन्टमा खान र फिल्म हेर्न जाने काम बाक्लो छैन । 

मेरो खेलकुद
विश्वकपको अन्त्यतिर फुटबल हेर्न मन पर्छ । गल्फ पनि मन पर्छ । केही समयअघि गोकर्ण जंगलमा गल्फ खेलें । गाउँमा हुँदा गोलकिपरमा राख्थे । बल्लबल्ल ‘गोलपोस्ट’ मा आइपुगेको बल रोक्न खोज्दा कोखामा लागेपछि ढलें । त्यसपछि टीमका साथीहरूले ‘आउट’ गरे । म तेक्वान्दोको ग्रीन बेल्ट हुँ । राउन्ड किक राम्रै हान्थें । 

मेरो मोबाइल
सात सय रुपैयाँमा पाइने मोबाइल सेट प्रयोग गर्दै आएको छु । त्यतिबेला मोबाइलका एप्लिकेसनमध्ये फेसबुक, ट्वीटर, इमेल इन्टरनेट प्रयोग गर्थें । मोबाइलमा गेम खेलिन्थ्यो । क्यान्डिक्रसमा आठ सय प्लस हुँ । कसैलाई भेट्नु छ भने दुई घन्टाअघि पुग्थें । त्यो समय गेम खेलेर बिताउँथें ।

मेरो टीभी
घरमा सामसुङ टीभी भए पनि हेर्दिनँ । छोरीले कार्टुन हेर्छिन् । तर, युट्युबमा टीभी प्रोग्रामचाहिँ हेर्छु । 

मेरो चलचित्र
पछिल्लो समय ‘ग्रेट शो म्यान’ हेरेको थिएँ । हेरेकामध्ये ‘द वे’ र ‘बिग फिस’ असाध्यै मन पर्यो । दयाहाङ राई, खगेन्द्र लामिछाने, सौगात मल्ल, केकी अधिकारी र ऋचाको अभिनय जीवन्त लाग्छ । 

मेरो रोग
अहिलेसम्म स्वस्थ छु । केटाकेटीदेखि नै पिडौला बटारिन्थ्यो । दीर्घरोगले समातेको छैन । दुई वर्षअघि ‘होलबडी चेकअप’ गराएको थिएँ । अधिकतम रोग वंशाणुगत हुन्छन्, जीवनशैली र खानपाले पाँच प्रतिशतमात्रै रोग लाग्छ । मेरो परिवारमा त्यस्तो ठूलो रोगले कसैलाई समातेको छैन । 

मेरो भाषणशैली
लेखक साहित्यकार भएकाले भाषण गरिरहनुपर्छ । मेरो भाषण ‘झुर’ छ । नबोल्ने कसम खाएको थिएँ तर बोल्न परिहाल्छ । म असफल वक्ता हुँ । लेख्दा सोचेर लेख्न सकिन्छ । बोल्दा आउँदैन । भाषण गर्दा थेगो परिवर्तन भइरहँदोरहेछ । प्रश्नकर्ताले सोधेको प्रश्नमा सहमति भए पनि ‘त्यस्तो होइन’ बाट सुरु गर्दोरहेछु । धेरैले सुझाएपछि छाडें । अहिले ‘तपाईंको’ भन्ने सुरु भएको छ । साहित्यकारले आक्रामक भाषण गर्न पर्दैन । भाषण गर्नअघि सामान्य तयारी गर्छु । टिपोट गर्छु । तर, बोल्दा टिपोट हेर्दिनँ । कहिलेकाहीं टिपोट गरेको विषय पनि बोल्न छुटाउँछु ।

मेरो मापसे
पछिल्लो समय मादक पदार्थ खान थालेको हुँ । आजसम्म होश हराउनेगरी खाएको छैन । बियर कमै खान्छु । वाइन खाँदै खान्न । डबल ब्ल्याक, चिबासलगायत खाने गरेको छु । सामान्यतः ९० एमएल खान्छु । 

मेरो संगीत
गीत–संगीत असाध्यै सुन्छु । गीत सुन्दै लेखपढ गर्नुको आनन्द छुट्टै हुन्छ । हिजोआज नयाँ–नयाँ अंग्रेजी गीत युट्युबमा सर्च गरिरहन्छु । नारायणगोपाल, फत्तेमान, प्रेमध्वज प्रधान, काली, हेमन्त राना, विच कलिफालगायतको आवाज कर्णप्रिय लाग्छ । आफू एक्लै हुँदामात्रै गुनगुनाउँछु । 

मेरो भूल
मानिस भएपछि जान–अन्जानमा जोकोहीबाट गल्ती हुन्छ । तर, पश्चाताप लाग्नेगरी गल्ती गरेको छैन । सामान्यतः नाइँ भन्न सक्दिनँ । काम जिम्मा लिएर ‘डेडलाइन’ नजिक–नजिक आएपछि तनावमा हुन्छु । त्यसपछि भाग्न खोज्छु । अन्तिममा सम्पर्कविहीन हुन खोज्दा त्यसो नगरेको भए हुन्थ्यो भन्ने लाग्छ । गल्ती नगरे पनि सजाय पाउनु अस्वाभाविक होइन ।

मेरो घर
पाँच वर्षअघि बनिबनाउ एकतले घर किनेको हुँ । आफ्नै आर्जन र ऋणपान गरेर घर किनेको हुँ । घरको डिजाइन सामान्य छ । आफूले चाहेजस्तो डिजाइनमा घरको तला थप्दै छु । 

मेरो राशी
मेरो राशी वृष हो । ग्रहदशा हेराउँदिनँ । ग्रहशान्तिसमेत गराएको छैन । सपना बिग्रेपछि बुवाको मुख हेर्ने दिन पारेर एकपटक बुवाको नाममा जल चढाएको थिएँ । ग्रह नक्षत्रको फलप्रति विश्वास छैन ।

मेरो सौन्दर्यचेत
कपालमा कहिलेकाहीं तेल लगाउँछु । सेभिङ गरेपछि फिटकिरी लगाउन छुटाउँदिनँ । अनुहारमा क्रिम लगाउने बानी छैन । पफ्र्युम खासै प्रयोग गर्दिनँ । म औंठी, लकेट, घडी लगाउँदिनँ । सकेसम्म बेल्ट पनि लगाउन नपरोस् भन्छु । बेल्ट लगाउँदा बाँधिएको अनुभूति हुन्छ । वालेट नबोकेको आठ वर्ष भइसक्यो । साउना र स्टीमबाथ लिन्छु ।

मेरो प्रेम
हामीले प्रेमविवाह गरेका हौं । प्रेमलाई मागीविवाहमा रूपान्तरण गरेका थियौं । प्रेमप्रस्ताव श्रीमतीले नै राखेजस्तो लाग्छ । बिहेअघि चाहीँ धेरैलाई एकोहोरो प्रेम गरेको थिएँ । 

मेरो सपना 
‘सिष्टम’ मा लैजानमात्रैै पाए मुलुक बनिहाल्दोरहेछ । ‘सिष्टम’ मात्रै भएर पुग्दैन । जनताले आत्मसात् गर्नुपर्छ । विद्यालयतहका पाठ्यक्रममा सानातिना ‘सिष्टम’ समेट्नुपर्छ । 
म जहिल्यै ठूलो सपना देख्छु । अन्तर्राष्ट्रियस्तरको लेखक बन्ने सपना देख्दै आएको छु । 

मेरो मृत्यु
मानिस जन्मेपछि मर्नुपर्छ । यो अकाट्य छ । मृत्यु रहस्य हो । किताब लेखिरहेको समय मृत्युसँग डर लाग्छ । ‘सेकेन्ड ड्राफ्ट’ नगरी मरिने हो कि भनेर ‘फस्र्ट ड्राफ्ट’ गर्दै गर्दा मृत्युसँग त्यत्तिकै डर लाग्छ । छोरी सानी छे, उनको मायाले कम्तीमा २० वर्षअघि मर्न हुँदैन भन्ने लाग्छ ।  

कर्णालीमा जीप दुर्घटना हुँदा मृत्युको नजिक पुगेको थिएँ । जीपमा यात्रा गर्दै थियौं । पाँच सय मिटर उकालो पार गरिसकेपछि जीपको ब्रेक भाँचियो । हामी पाँच मिटर ओह्रालो झर्दा छेउको पहरामा ठोक्किँदा जीप उड्यो । त्यतिबेला मैले मृत्युबोध गरेको थिएँ । 

आफ्नो निधन हुँदा बिचरा भन्नेहरू भइदिऊन् । दीर्घरोगले थलिएर मर्न नपरोस् ।

यो जीवनकथा पनि पढ्नुहोस्

सांसद हेमकुमार राई ‘सुरवीर’ को जीवन : जनयुद्धको घाइते भए पनि तन्दुरुस्त

अल्फा बिटाका मालिक द्विराज शर्माको जीवन : ‘प्लिज’ मलाई सकेसम्म पशुपति नलगियोस्

कहिले कहिले लाग्छ सङ्गीतमा लागेर भुल गरेँछु  –रन्जित गजमेर

सांसद विशाल भट्टराईको जीवन : प्रेमसम्बन्ध रहे पनि विवाह भएन

सांसद अञ्जना विशंखेको जीवन : पहिलो मागी, पछिल्लो प्रेम

सांसद हितबहादुर तामाङको जीवन : गृहमन्त्री बादलले मासुभन्दा मीठो अन्डाकरी बनाउन सिकाए

पूर्वमन्त्री प्रकाशशरण महतको जीवन : ग्रहदशा बिग्रेकाले चुनाव हारियो

डीआईजी ठुले राईको जीवन : अपराधमुक्त मुलुकको परिकल्पना

सांसद सुदन किरातीको जीवन : २७ रात कुटाइ खाएपछि आफ्नो मृत्यु आफैंले घोषणा गरें

मुख्यमन्त्रीका दाबेदार झपट बोहोराको जीवन : बैंकर्स बन्ने स्वप्नजीवी मुख्यमन्त्रीको ‘रेस’ मा

पूर्वमन्त्री नवीन्द्रराज जोशीको जीवन : भूपूप्रेमिकाको कहिलेकाँही सम्झना आउँछ

मुख्यमन्त्रीका दाबेदार महेन्द्रबहादुर शाहीको जीवन : ५५ वर्ष पुगेपछि सक्रिय राजनीतिबाट बिदा लिन्छु

सांसद चक्रपाणि खनाल ‘बलदेव’ को जीवन : ओ हो ! त्यहाँ त हामी बसेकै ठाउँमा हेलिकप्टरबाट बम खसाइयो

मुख्यमन्त्रीका दाबेदार शेरधन राईको जीवन : शपथ लिएर घरजम गर्छु

भरिया दिलबहादुर श्रेष्ठको जीवन : पुक्लुक्क मर्न पाए आनन्द हुन्थ्यो

रहबर अन्सारीको जीवन : अहिलेसम्म कसैसँग प्रेममा छुइनँ

‘गीतकार’ उद्योगमन्त्री सुनील थापाको जीवन : प्रधानमन्त्री बन्ने शुभसंकेत

गोर्खा भूतपूर्व संघ अध्यक्ष कृष्णकुमार राईको जीवन : आमाको निधनपछि मृत्युसँग डर लाग्नै छाड्यो

पत्रकार देवप्रकाश त्रिपाठीको जीवन :  किसुनजीलाई हराउन संलग्न भएकोमा पश्चाताप छ

काँग्रेस केन्द्रीय सदस्य डा. डिला पन्त संग्रौलाको जीवन : ‘भिजन’ र ‘मिसन’ सहित बाँचे राजनीतिक जीवन सार्थक

अभिनेत्री दीपाश्री निरौलाको जीवन : ऊसँग बिहे नभएपछि प्रेममा विश्वास छैन

कृष्ण पाउरोटी भण्डार सञ्चालक राजकर्णिकार भन्छन्– मृत्युपछि बाँच्नका लागि साहित्य लेख्छु

धावक वैकुण्ठ मानन्धरको जीवन : पाँचजनासँग प्रेम गरे पनि असफल

सूचना विभाग महानिर्देशक वीरबहादुर राईको जीवन : गुरुको टाउको टेक्दा थप्पड

काँग्रेस महासमिति सदस्य सुवास पोखरेलको जीवन : उनलाई एकतर्फी प्रेम गरेको थिएँ

मसाल महामन्त्री मोहनविक्रम सिंहको जीवन : जलजलासँग प्रेम गर्दा पार्टीबाट निष्कासित

प्रेमबारे रञ्जु : यो प्रश्न ‘स्कीप’ गरौं न ‘प्लीज’

कृषिविद् मदन राईको जीवन : मेरो मलामी श्रीमती पनि नजाऊन्

नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको जीवन : नेपाल टेलिकमलाई ‘लिडिङ रोल’ मा राख्न प्रतिबद्ध

अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीको जीवन : माफी माग्दै उनले प्रेमपत्र पठाइन्

खिमलाल देवकोटाको जीवन : जेलमा मार्ने योजना बनाइए पनि संयोगले बाँचें

साहित्यकार खगेन्द्र संग्रौलाको जीवन  : विद्यार्थी छँदा ब्रिटिस काउन्सिल र अमेरिकन लाइब्रेरीको किताब चोरें

लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायको जीवन : तीनपटक मृत्युका नजिकनजिक पुगेर बाँचेँ

नवनिर्वाचित सांसद सुरेशकुमार राई ‘हिमाल’ को जीवन : सिमलको भुवाजस्तै प्रतिनिधि बन्ने ध्याउन्न

नवनिर्वाचित सांसद कृष्णकुमार राईको जीवन : समाजवादभन्दा अर्को सपना देखेको छैन

========================

नेपालकै पहिलो गभर्नर हिमालयशमशेर राणाको जीवन : देवशमशेरका सन्तान हामी अन्य राणाजीभन्दा गरीब

सिभिल बैंक सीईओ किशोर महर्जनको जीवन : ३३ वर्षे ‘बैंकिङ करिअर’ मा करोडपतिलाई अर्बपति बनाएँ

वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठको जीवन : त्यतिबेला पाइन्ट लगाउनेलाई कांग्रेस भनिन्थ्यो

मानवअधिकारकर्मी कृष्ण पहाडीको जीवन : मलाई सनक चढ्यो पहेँलो लुगा लगाएँ

पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको जीवन : जबजब राष्ट्रियताबारे बोल्छु/लेख्छु, म विवादमा परिहाल्छु

राष्ट्रगान लेखक व्याकुल माइलाको जीवन : सितोरिया करातेमा सात वर्षसम्म लगानी

नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको जीवन : ग्रहदशा दुःख पाउने नै छ

प्लास्टिक सर्जन शंकरमान राईको जीवन : मेरो मृत्यु भएको वर्षौंपछि मात्रै अरूलाई थाहा पाऊन्

खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीको जीवन : मलाई सिध्याउन सातपटक बम प्रहार

पूर्वउपसभामुख पूर्णा सुवेदीको जीवन : प्रधानमन्त्रीको भूमिका पाए निर्वाह गर्न तयार

एनआईसी एसिया बैंकका सीईओ लक्ष्मण रिसालको जीवन : अवकाशपछि सामाजिक काममा लाग्ने रहर

सांसद अनिता देवकोटाको जीवन : मेरो नाममा आएको ‘लभलेटर’ साइँलो बुबालाई दिन्थें

अनेरास्ववियु अध्यक्ष नवीना लामाको जीवन : म कसैलाई ‘लभ’ गर्छु

प्रा.डा. सुरेन्द्र केसीको जीवनः कुलमानजस्तै प्रचण्डले अडान लिएको भए आधाबाटो हिँडिसक्थ्यौं

लीलामणि पोखरेलको जीवन : ज्ञानेन्द्र राजा भएपछि मेरो घरमा बम पड्काइयो

पूर्वमन्त्री अग्नि सापकोटाको जीवन : एम सिक्स्टिनको तीन गोली एकैपटक लाग्दा पनि बाँचें

गायिका रेखा शाहको जीवन : भूल नगरी ११ दिन कष्टडीमा

नयाँ शक्ति नेता पासाङ शेर्पाको जीवन : त्यसबेला बालबाल बाचेँ

कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टको जीवन : क्याम्पस पढ्दा मलाई ‘पाखे’ भन्थे

नयाँ शक्ति सहसंयोजक महेश कर्मोचाको जीवन : व्यस्तताले मर्ने पनि फुर्सद छैन मलाई

कवि सरस्वती प्रतीक्षाको जीवन : १४ वर्षसम्म एउटै मान्छेलाई प्रेम गरे पनि छुट्यो

केकी अधिकारीको जीवन : घर छिर्ने बित्तिकै रिमोट हातमा, टिभी अन

पूर्वमन्त्री गिरिराजमणि पोखरेलेको जीवन : यसरी मेरो नाम ‘योगराज’ पनि बन्यो

किरण केसीको जीवन : कसैले ब्लफ कल गरे पनि आधा घन्टा गफदिन्छु

बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको जीवन : वास्तुशास्त्रमा पटक्कै विस्वास छैन

अशोक राईको जीवन : कोदोको रक्सी असाध्यै मन पर्छ

यज्ञराज सुनुवारको जीवन : किरातीको छोरो हुँ, पिउँदिन भन्दा ढोङी भइन्छ

चन्द्रकिशोरको जीवन : तराई–मधेस बुझ्न पहाड घुम्नैपर्छ

सांसद रामहरि खतिवडाको जीवन : मन परेका बहिनीहरूको अघि उभिँदा अंकल भन्दिन्छन्

मेरो जीवन : मभन्दा लाटाले पनि ‘लभ’ गरेको देख्छु

मेरो जीवन : जो–जो प्रेममा फसे उनीहरुले एसएलसी पास गर्नै सकेनन्

अनिलकुमार झाको जीवन : राजेन्द्र महतोलाई सहयोग गरेर ठूलो गल्ती गरेँ

सीपी गजुरेलको जीवन : कोशीको भेलमा पौडिन खोज्दा झण्डै मरियो

महावीर पुनको जीवन : नेपाललाई धनी देश बनाउने मेरो सपना

पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

 राजन मुकारुङ मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

शंकर पोखरेल  मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो

उपेन्द्र सुब्बा  मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

वर्षमान पुन ‘अनन्त’ मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

योगेश भट्टराई  मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

प्रदीप पौडेलको जीवन : मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी : ‘दुई स्वीमिङ पुलजति मापसे गरियो होला’

लालबाबु पण्डित जिन्दगी : यी हुन् का खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

चित्रबहादुर केसीको जिन्दगी :खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

कृषिविद् मदन राईको जीवन : मेरो मलामी श्रीमती पनि नजाऊन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप