मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली समाजको चरित्र कस्तो, यस्तो लेखियो एकीकृत पार्टीको प्रतिबेदनमा

सोमबार, २६ चैत २०७४, १६ : ००
सोमबार, २६ चैत २०७४

काठमाडौं–एमाले र माओवादीले देशमा विदेशी कम्पनीको सेवक बनेर पैसा कमाउने दलाल पुँजीको बोलवाला रहेको बताएका छन् । 

दुई पार्टीको एकताका लागि लेखिएको राजनीतिक प्रतिवेदनको मस्यौदामा दलाल तथा नोकरशाही पुँजीवाद हाम्रो समाजमा राष्ट्रिय पुँजिको विकासका लागि अवरोधका रुपमा रहेको उल्लेख छ ।

‘बर्तमान राष्ट्रिय परिस्थिति’ मुख्य शीर्षक र ‘नेपाली समाजको चरित्र’ उपशीर्षकमा यस्तो निश्कर्ष छ । 

‘नेपाल पुँजिबादको प्रारम्भिक चरणबाट गुज्रिरहेको छ । राष्ट्रिय पुँजिबादी उत्पदक शक्ति कमजोर अवस्थामा छ । उत्पादनशील लगानी र पुर्नउत्पादन पुँजिवादको मुख्य पक्ष बन्न सकेको छैन ।’ प्रतिवेदनमा छ, ‘विदेशी बस्तु मुलकमा भित्र्याएर नाफा कमाउने व्यपारिक पुँजी र विभिन्न ठेक्कापट्टा एव् सेवाहरुमा विदेशी कम्पनीको सेवक बनेर पैसा कमाउने दलाल पुँजीको बोलवाला छ ।’

एमाले-माओवादी एकतापछि यस्तो बन्नेछ एकीकृत पार्टी

यसै गरी प्रतिवेदनमा थप छ, ‘यो दलाल पुँजीपतिवर्गलाई राज्य संयन्त्रमा पकड जमाएर बसेका उच्च तहका कर्मचारीतन्त्र, र कतिपय राजनीतिक पार्टीका नेता, कार्यकर्ताको एउटा हिस्साले सहयोग र सेवा गरिरहेको छ । त्यसले दलाल पुँजिपतिवर्गलाई राज्यको तर्फबाट अवसर र नाजायज छुटहरु उपलव्ध गराएर त्यसवापत विना लगानी र श्रम आम्दानीमा ठुलो हिस्सा  लिइरहेको छ । यसरी हिस्सास लिने नोकरशाही पुँजीपति वर्ग हो । त्यसैले दलाल तथा नोकरशाही पुँजीवाद हाम्रो समाजमा राष्ट्रिय पुँजिको विकासका लागि अवरोधका रुपमा रहेको छ । उत्पादनशील लगानी र पुर्नउत्पादनको प्रकृयालाई यो पुँजिवादले प्रोत्साहित गर्दैन, उल्टो कमजोर बनाउछ ।’

एमाले–माओवादी एकता : दुई अध्यक्षका यस्ता हुनेछन् संयुक्त आठ अधिकार

यसबाहेक प्रतिबेदनमा थप भनिएको छ, ‘२०६२-०६३ सालको ऐतिहासिक क्रान्ति र त्यसपछि विकसित राजनीतिक परिस्थितिसँगै नेपाली समाज ऐतिहासिक विकासक्रमको हिसावले नयाँ चरणमा प्रवेश गरेको छ । सामन्तबाद विघटन र पतन भएर समाज पुँजिवादी चरणमा प्रवेश गर्नु, संविधानसभावाट संविधान निर्माण भएर  संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र संस्थागत हुनु, नेपाली जनता संबैधानिक र व्यवहारिक दुवै दृष्टिले सार्वभौम बन्नु, बाह्य दवाव र हस्तक्षेपलाई अस्वीकार गर्दै नेपालले संविधान निर्माण लगायत आफ्ना आन्तरिक विषयहरुमा आफ्नो स्वतन्त्र निर्णय, राष्ट्रिय स्वाधिनता र स्वाभिमानलाई स्थापित गर्नु, निर्वाचनका माध्यमबाट संघीय, प्रदेश तथा स्थानीय तीनै तहमा बामपन्थी शक्तिहरु झण्डै दुई तिहाई शक्तिका साथ नेतृत्वमा स्थापित हुनु र शान्तिपुर्ण तथा बैधानिक बाटोबाट समाजबाद निर्माणका आधारहरु बलियो बन्दै जानु यस नयाँ चरणका बिशेषताका रुपमा रहेका छन् ।’

काँग्रेसवारे यस्तो प्रतिवेदन लेख्यो एमाले–माओवादी कार्यदलले ?

प्रतिवेदनमा थप लेखिए, ‘नेपाली समाज मुलत : पुँजिवादी समाजमा रुपान्तिरित भएको छ । नेपाली पुँजीवादी  जनवादी क्रान्ति आधारभुत रुपले सम्पन्न भएको छ । तर, नेपालको पुँजीवाद कमजोर अवस्थामा छ । सामन्तबादका अवशेषहरु पनि अझै केहि बाँकी छन् र विभिन्न रुप र मात्रामा नवऔपनिवेशिक शोषण–उत्पीडन कायमै छ । यसलाई अन्त्य गरेर औधोगिक पुँजीको विकास गर्नु आवाश्यक छ ।’

एमाले–माओवादी एकतामा नयाँ प्रस्ताव : हरेक निर्णयमा दुवै अध्यक्षको हस्ताक्षर !

यसबाहेक प्रतिवेदनमा छ, ‘संविधान निर्माण र त्यसपछिका घटनाक्रममा राष्ट्रिय स्वाधीनता र स्वामिानका विषयमा नेपाली जनतामा अभुतपुर्व जागरण, सजगता र एकता प्रकट भएको छ, जुन हाम्रो राष्ट्रियताको सुदृढिकरणका लागि निकै मुल्यावन आधार हो । सवै वर्ग, क्षेत्र र समुदायका जनताको एकतालाई अझ बलियो  बनाउदै हामीले हाम्रो राष्ट्रियतालाई सुदृढ गर्नुपर्दछ र सवैखाले नवऔपनिवेशिक शोषण उत्पीडनलाई समाप्त पार्दै स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको विकास तथा आर्थिक आत्मनिर्भरता हासिल गर्नुपर्छ ।’

माओवादी मन्त्रीहरुको प्रचण्डसमक्ष गुनासो–प्रधानमन्त्रीज्यूको रवैया ठीक भएन


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप