शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डाक्टरले आफ्नै वीर्य प्रयोग गरेर महिलाहरुलाई गर्भवती बनाएको खुलासा

सोमबार, २६ चैत २०७४, १६ : ००
सोमबार, २६ चैत २०७४

बीबीसी–क्यानडाको एक प्रजनन डाक्टरमाथि गर्भाधारणको लागि आफ्नै वीर्य प्रयोग गरेको आरोप लगाउदै दर्जनौं मानिसहरुले मुद्दा हालेका छन् ।

डाक्टर नरमन ब्राविनमाथि पछिल्लो वर्ष नोभेम्बरमा मुद्दा हालिएको थियो । डीएनए जाँचका क्रममा नरम्यानसँग जचाउन आएकी एक महिलाकी छोरीको पिता नरम्यान भएको पत्ता लाग्यो ।

यसको अतिरिक्त ११ जना मानिसहरुले नरम्याननै तिनका सन्तानको असली पिता भएकोे दावी गरेका छन् । अलग अलग रुपमा नरम्यान विरुद्ध ५० जनाले उजुरी हालिसकेका छन् । आफ्नो सन्तानको डीएनए तिनले छानेर दिएको वीर्यको डीएनए भन्दा फरक भएको आरोप लगाएका छन् । डा. नरम्यान विरुद्ध १९७० को बेलादेखीको उजुरी परेको छ । 

यो ममला ओटावा र ओन्टारियाका दुई प्रजनन क्लिनिकको हो । डा. ब्राविनका वकिल केरान ह्याम्वेले यस आरोपहरुमाथि प्रेससँग टिप्पणी गर्न अस्वीकार गरे ।

उनको प्रजनन क्लिनिक गएका अन्य ११ जनाले आफ्नो सन्तानको डीएनए जाँच गर्दा डाक्टरको डीएनएसँग मिलेकाले नरम्यानले गर्भाधारणको क्रममा आफ्नै वीर्य प्रयोग गरेको पत्ता लागेको बताएका छन् ।

एक अलग्गै मुद्दामा १६ जना मानिसहरुले तिनको सन्तानको असली पिता आफूले छनौट गरेको भन्दा फरक भएको पत्ता लागेको भन्दै उजुरी गरेका छन् । यो कुरा तिनले डीएनए टेस्ट गराउदा पत्ता लागेको थियो । तथापी वकिलहरुको यीनको जैविक पिता को हो भनेर पत्ता नलागिसकेको बताएका छन् ।

यसको अलावा ३५ अन्य मानिसहरुले आफूले छनौट गरेको वीर्यसँग तिनको सन्तानको डीएनए मेल नखाएको भनेर उजुरी गरेका छन् ।

नोभेम्बरमा ड्यानियल र डेविना डिक्सनसँग मिलेर उनकी छोरी रिबेकाले डाक्टर विरुद्ध उजुरी दर्ता दिएपछि यो घटना बाहिर आएको थियो । यो जोडीले आफ्नो छोरी रिबेकाको डीएनए जाचँ गर्दा उनको जैविक पिता डाक्टर नरम्यान आफै भएको पत्ता लागेको थियो ।

यीनले सन् १९८९ मा डा. नरम्यानलाई गर्भाधारणको लागि भेटेका थिए र ठीक एक वर्ष पछी रिबकाको जन्म भएको थियो । डेविनालाई छोरी रिबेकाको आखाको रङ्ग खैरो देखेपछि नै केही गडबढीको शंका लागेको  थियो । उनको श्रीमान डिक्सनको आखाँको रङ्ग भने निलो छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप