शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उडुसले टोकेकोमा यो  परिवारले पायो १६ लाख डलर क्षतिपूर्ति

मङ्गलबार, २७ चैत २०७४, १२ : ५९
मङ्गलबार, २७ चैत २०७४

उडुसले टोकेर आफ्नो छोरालाई स्थायी दाग बसेपछि अदालत गएको क्यालिफोर्नियाको एक परिवारलाई अदालतले १६ लाख डलर क्षतिपूर्ति दिन आदेश दिएको छ । उनीहरुलाई यो रकम एक नागरिक न्यायाधीशले दिलाएका हुन् ।
परिवारको वकिलका अनुसार यो क्षतिप्रर्ति उडुसले टोकेकोमा अमेरिकामा कुनै एक परिवारले पाएको सबैभन्दा ठूलो रकम हो ।
३४ वर्षीया लिलिएना मार्टीनेजका अनुसार २०१२ मा उनी र उनको श्रीमान नयाँ एपार्टपेन्ट सरेपछि यो समस्या शुरु भएको थियो । त्यहाँ बसेको केही पछि उनीहरुले आफ्नो तीन वर्षे छोरा जोर्ज मरभिल्लाको अनुहार र सम्पूर्ण शरिरमा रातो दाग भेटे । 
यो अवस्थाबाट चिन्तित अभिभावकले छोरालाई अस्पताल लगे । डाक्टरले रातो दाग उडुसको टोकाई भएको पत्ता लागाए ।
“यो थाहा पाउना साथ म निक्कै आत्तिए । किनकी जीवनमा पहिले कहिले पनि मैले यस्तो देखेको थिइन ”, लिलिएनाले भनिन् ।
डाक्टरले जोडीलाई तिनको घरमा उडुस छ कि हेर्न भनेपछि खोज्दा उनीहरुले उडूस भेटेका थिए । 
मार्टिनेजका अनुसार त्यो बेला ३ महिना रहेकी उनकी छोरीलाई पनि उडूसले टोकेको थियोे ।
सोमबार क्यालिफोर्नियाको एक नागरिक न्यायाधिसले एक दिन भरको प्रयास पछि मार्टिनेजको परिवार बसेको एपार्टमेन्ट धनी एम्युजमेन्ट सिक्स एपार्टमेन्टलाई १५,९३,५०० डलर क्षतिपुर्ति तिर्न आदेश दिए ।
परिवारको वकिल ब्रायन भिरागले भर्खरै लस एन्जेल्सको एक ठूलो एपार्टमेन्टको बासिन्दाहरुलाई पनि तिनको एपार्टमेन्ट निर्माताबाट ३५ लाख डलर दिलाएका थिए । 
“मलाई आवाज विहिनहरुलाई वा न्यायको लागि आफै लड्न नसक्नेहरुलाई आवाज दिनु महत्वपूर्ण हुन्छ लाग्छ ।”भिरागले भने ।
मार्टिनेजले आफू र आफ्नो श्रीमानले यो बारेमा व्यवस्थापन कम्पनी वेस्टल्याण्ड इण्डस्ट्रीजलाई बताउदा सबै फर्निचर फाल्न भनेको बनाइन् ।
त्यसपछि व्यवस्थापन कम्पनीले एपार्टमेन्टमा उडूस मार्ने सेतो पाउडर छर्किन मान्छे पठाएको थियो ।
“त्यो समय हामी तल्लो तल्लाको सानो ठाँउमा बस्यौ ”,  मार्टिनेजले भनिन् ।
तर त्यसपछि पनि उनीहरुलाई उडूसले टोकिरह्यो र उनीहरुले गुनासो गरिरहे । लगभग चार महिना उडूसलाई भोगेपछि व्यवस्थापन कम्पनीले एपार्टमेन्टको कार्पेटहरु फेर्यो । यसले उडूस हटाउन सहयोग गर्यो । त्यसपछि पनि थप दुई वर्ष त्यहाँ बसेर २०१४ मा उनीहरु अर्कै ठाँउमा सरे ।
त्यो वर्ष उनीहरुले एम्युजमेन्ट सिक्स एपार्टमेन्टलाई बाचा गरे अनुसार उपयुक्त बसोबास योग्य नभएको, भावनात्मक तनाव भएको ,लापरबाही गरेको र सम्झौता पालना नगरेको जस्ता आरोपहरु लगाएर मुद्दा हाले ।
उजुरी अनुसार सो एपार्टपेन्टमा परिवारले ‘झुपडबस्तीजस्तो जीवन स्तर’ सहनुप¥यो । एपार्टमेन्टमा उडूसको अलावा साङ्लाहरु फैलिएका थिए । त्यसले गर्दा उनीहरुले असजिलो , सम्पतीको नास र भावनात्मक तनाब सहनुपरेको उनीले अदालतमा हालेको उजुरीमा भनिएको छ । 
कम्पनीको पक्षमा लडेका वकिलले यसबारेमा प्रतिक्रिया दिन अस्वीकार गरे ।
उडूसको टोकाईको सबैभन्दा गम्भिर असर हाल आठ वर्ष भएका जोर्जलाई परेको छ । उनको अहिले पनि खुट्टा, हात र शरिरमा चिलाइरहने गरेका मार्टिनेजले बताइन । उनले केही पैसा खर्च गरेर दाग हटाउने आस गरेको बताइन् ।
न्यायाधिसको निर्णय ‘ठूलो राहत’ भएको मार्टिनेजले बताइन । उनले यो निर्णयले उनको छोरालाई न्याय गरेको बताइन । उनका अनुसार उनीहरु छोराको लागि अदालत जानु परेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप