शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुधबार प्रदेश नम्बर २ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुने

मङ्गलबार, २७ चैत २०७४, १७ : ५०
मङ्गलबार, २७ चैत २०७४

धनुषा–बुधबार प्रदेश २ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको छ ।  प्रदेशसभाका सभामुख सरोज यादवले बुधबार प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुने कार्यसूचि तय गरिएको जानकारी दिएका हुन् । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बुधबार बिहान ११ बजे बोलाइएको प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

सभामुख यादवले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने बैठकमा आ– आफ्नो भाषा र संस्कृति झल्कने खालका पोशाकमा आउन पनि सांसदहरुलाई आग्रह गरेका छन् । प्रदेशसभाको मंगलबारको बैठकमा भने मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका सर्तसम्बन्धि कानुनी व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित भएको थियो ।

प्रदेशसभाको बैठकको सुरुमै बोल्दै आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवले नागरिकका विभिन्न समस्यालाई सरकारले सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । मन्त्री यादवले अपराध गर्नेहरुलाई कानुन बमोजिम कार्वाही हुने चेतावनी पनि दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप