बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रोकिएको सीबीटी खुल्यो, तीन हजार १५९ जनाले आवेदन दिए

बिहीबार, २९ चैत २०७४, ११ : २२
बिहीबार, २९ चैत २०७४

काठमाडौं–सन् २०१७ का लागि रोकिएको कम्युटर बेस्ड टेस्ट (सीबीटी) परीक्षा पुनः शुरु हुने भएको छ । रोजगार अनुमति प्रणाली अन्तर्गत १७ औं सीबीटीको तालिका वैशाख १० गते प्रकाशित गरिने इपीएस कार्यालय ग्वार्कोले जनाएको छ ।
१६ औं सिविटी पश्चात् कोरियाले सन् २०१७ का लागि परीक्षा स्थगित गरेको थियो । वैशाख १७ को आसपासमा परीक्षा गर्ने गरि कार्यालयले तयारी गरेको इपिएस कार्यालयका अधिकृत शोभाकर भण्डारीले जानकारी गराए ।
गत साता खुला गरिएको आवेदनमा परीक्षाका लागि तीन हजार १५९ जनाले आवेदन दिएको कार्यालयले जनाएको छ । सन् २०१७ अघि प्रत्येक तीन÷ तीन महिनामा सञ्चालन हुने सीबीटी यस वर्षदेखि भने वर्षको दुई पटक मात्रै हुने कार्यालयले जनाएको छ । भण्डारीका अनुसार एचआरडी कोरियाले छ ÷ छ महिनामा परीक्षा लिने जानकारी गराएको छ ।

सिविटी परीक्षार्थीहरुवाट आवश्यक पास संख्या कोरीयाले पूर्व निश्चित गर्ने प्रचलन नभएको कार्यालयले जनाएको छ । स्थगित हुनुपुर्व बढीमा १२ सय जनाले सिविटीमा सहभागि हुने गरेका थिए । एक वर्ष भन्दा बढि समय रोकिएकोले परीक्षार्थीको संख्या दोब्वर बढि भएको कार्यालयले जनाएको छ । वैधानिक रुपमा तीन वर्ष कोरिया वसाई सकेर फर्केका कामदारले सिविटी भाषा परिक्षामा सहभागी हुन पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप