शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमाले–माओवादी कार्यदल प्रतिवेदन : यी हुन् पार्टी एकताका ५ सैद्धान्तिक आधार

बिहीबार, २९ चैत २०७४, १३ : ३१
बिहीबार, २९ चैत २०७४

एमाले र माओवादीले एकीकृत पार्टीको सैद्धान्तिक आधार तयार पारेका छन् ।

काठमाडौँ । पार्टी एकताका लागि तयार राजनीतिक प्रतिवेदनमा यस्ता आधारहरू तय गरिएको छ ।

प्रतिवेदनमा यसरी राखिएको छ सैद्धान्तिक आधार :

१– यथार्थलाई आत्मसाथ गर्दै निकै लामो बहस, सघन छलफल  र अन्तत्र्रिmयापश्चात् नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)ले असोज १७, २०७४ का दिन पार्टी एकताको लक्ष्य निर्धारण गर्दै निर्वाचनमा वाम गठबन्धन बनाएर अगाडि बढ्ने ऐतिहासिक घोषण ग¥यो । यस ऐतिहासिक घोषणाको सहमति पत्रमा भनिएको छ, ‘फरक फरक पृष्ठभूमिका साथ अघि बढेका हामीहरू राष्ट्रिय सावैभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित एवम् स्वाभिमानको रक्षा गर्दै संविधानसभाबाट पारित नेपालको संविधानको रक्षा र प्रयोगको क्रममा देश र जनताको आवश्यकता अनुसार परिमार्जन र विकास गर्दै लोकतान्त्रिक प्रणाली र शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपान्तरण गर्ने र समृद्ध, समुन्नत एवम् न्यायपूर्ण समाजको निर्माण गर्दै समाजवादका आधारहरू तयार गर्ने साझा निष्कर्षमा आइपुगेका छौं । नेपाली जनताले एकताबद्ध कम्युनिष्ट पार्टीको नेतृत्वमा मुलुक अघि बढेको देख्न चाहेका छन् । हाम्रो पृष्ठभूमि र जनताको चाहना एवम् आवश्यकताले पनि हामीलाई एकताबद्ध हुन र एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्न निर्देशित गरिरहेका छन् । तसर्थ हामी हाम्रा आफ्नै अनुभव र जनता एवम् राष्ट्रको आवश्यकतालाई हृदयङ्गम गर्दै एउटै कम्युनिष्ट पार्टी निर्माण गर्न सहमत भएका छांै ।’

२– निर्वाचनमा जनतासामु प्रस्तुत साझा चुनावी घोषणामा उल्लेख गरिएको छ– ‘यो एकताको पहल नेपालका आम श्रमजीवी र देशभक्त जनताको सम्मानको परिचायक हो । यो एकता प्रयत्न २००७ सालदेखि सुरु भएको राजनीतिक अस्थिरता अन्त्यको सूचक हो । यो नेपाली जनतामा रहेको गरिबी, अभाव, पछौटेपन, भेदभाव र असमानता समाप्त गर्दै सामाजिक न्याय र समानतामा आधारित सुसंस्कृत र समृद्ध राष्ट्र निर्माणको प्रतिबद्धता पनि हो । यो एकता राष्ट्र पुनःनिर्माण गर्ने सङ्कल्पको द्योतक हो । यस महाअभियानमा सामेल हुन हामी विभिन्न कम्युनिष्ट समूहका अतिरिक्त सबै वामपन्थी, देशभक्त र सच्चा लोकतन्त्रवादीहरूलाई आह्वान गर्छांै । विज्ञान र प्रविधिको विकास, विश्वव्यापीकरण, संसारका अधिकांश देशहरूको विकास र दु्रतगतिमा विकसित भइरहेका दुई छिमेकी मुलुकहरूको अगाडि अब नेपाललाई संसारकै अल्पविकसित, गरिब, पिछडिएको, परनिर्भर र हेपिएर बस्न बाध्य मुलुकका रूपमा कदापि राख्नुहुँदैन । राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, स्वधीनता, स्वभिमान र अखण्डता जोखिममा रहने स्थिति सदाका लागि अन्त्य गर्नुपर्दछ । नेपालसँग समृद्धिका अथाह आधारहरू छन् । राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्ने वीर पुर्खाका सन्तान हामीहरू श्रमशक्तिका रूपमा छांै । नेपालको विकासका निम्ति संसारभरिबाट करोडांै हातहरू सहयोगका निम्ति तयार छन् । मात्र यी सबै सकारात्मक पक्षहरूलाई उपायोग गर्न सक्ने राष्ट्रिय नेतृत्वको खाँचो छ । यस्तो नेतृत्व क्षमता एकताबद्ध भइरहेका यी दुई कम्युनिष्ट पार्टीहरूसँग मात्र छ । यही क्षमतालाई उजागर गर्न हामी दुई कम्युनिष्ट पार्टीहरूले एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने घोषणा गरेका छौं ।’

३– हाम्रो यस घोषणालाई नेपाली जनताले अत्यन्त उत्साहका साथ स्वागत र समर्थन गरेका छन् । जनताको यो स्वागत र समर्थन निर्वाचनमा वामपन्थीहरूका पक्षमा खसेको झण्डै ५५ प्रतिशत मत र दुई तिहाइ हाराहारी बहुमतमा अभिव्यक्त भएको छ । पार्टी एकताको विषय दुई पार्टीको मात्रै सरोकारको विषय रहेन, यो नेपाली जनताबाट अनुमोदित राष्ट्रिय एजेन्डा बन्न पुगेको छ ।

४– यसै सिलसिलामा यही फागन ७ गते हामीले एकीकरणका प्रारम्भिक आधारहरू विषयमा सात बुँदे सहमति ग¥यौं । उक्त सहमतिमा एकीकृत कम्युनिष्ट पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने कुरा उल्लेख गरिएको छ । पार्टीको निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद रहने कुरामा स्पष्ट गरिएको छ । नेकपा (एमाले) ले अपनाउँदै आएको जनताको बहुदलीय जनवाद अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा मार्फत आफ्नो श्रेष्ठता स्थापित गर्नेलगायतका आन्यता र नेकपा (माओवादी केन्द्र)का पनि शान्ति सम्झौता र त्यपछिका लोकतान्त्रिक अभ्यासद्वारा शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत आफ्नो श्रेष्ठता हासिल गर्नेलगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट पारिएको छ । प्राप्त उपलब्धिको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक, आर्थिक रूपान्तरणमार्फत समाजवादका आधार निर्माण गरिने कार्यदिशासमेतको बारेमा उक्त सहमतिले स्पष्ट पारेको छ । नेकपा एमालेले अवलम्बन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र नेकपा माओवादी केन्द्रले अवलम्बन गरिआएको‘माओवाद र एक्काइसौं शताब्दीको जनवाद’सम्बन्धी विषयहरूमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने कुरा पनि सहमतिमा उल्लेख गरिएको छ ।

५– आगामी महाधिवेशनसम्म एकीकृत पार्टीलाई यिनै सिद्धान्त, कार्यदिशा र मान्यताहरूले मार्गदर्शन गर्नेछन् । गम्भीर वैचारिक बहसका माध्यमबाट नेपाली क्रान्तिको सिद्धान्तलाई थप विकसित र समृद्ध गर्न तथा नेपाली मौलिक विशेषतासहितको समाजावाद निर्माण गर्ने सहमतिका साथ आज दुवै पार्टी एकीकृत भएका छन् । २००६ साल वैशाखमा कमरेड पुष्पलालको नेतृत्वमा गठित कम्युनिष्ट पार्टी विभाजनको साढे पाँच दशक लामो पीडादायी कालखण्ड पार गर्दै आज पार्टी स्थापना दिवसकै दिन एकीकृत हुन ऐतिहासिक संयोग बन्न पुगेको छ ।

कार्यदल प्रतिबेदनका अन्य समाचार

 

एमाले–माओवादी एकतापछि यस्ता हुनेछन् एकीकृत पार्टीका मुख्य १० काम

एमाले–माओवादी कार्यदल प्रतिवेदन : यी हुन् एकताका ७ कारण

एमाले–माओवादी कार्यदल प्रतिवेदन : भारतसँगको सम्बन्धबारे मौन !

वाम कार्यदलको नयाँ ‘प्रोजेक्ट’ : नेपाल–बङ्गलादेश भूमिगत रेलमार्ग

एमाले-माओवादी एकतापछि यस्तो बन्नेछ एकीकृत पार्टी

एमाले–माओवादी एकता : दुई अध्यक्षका यस्ता हुनेछन् संयुक्त आठ अधिकार

काँग्रेसवारे यस्तो प्रतिवेदन लेख्यो एमाले–माओवादी कार्यदलले ?

एमाले–माओवादी एकतामा नयाँ प्रस्ताव : हरेक निर्णयमा दुवै अध्यक्षको हस्ताक्षर !

माओवादी मन्त्रीहरुको प्रचण्डसमक्ष गुनासो–प्रधानमन्त्रीज्यूको रवैया ठीक भएन

बामदेव नेतृत्वको कार्यदलको सिफारिस : सरकारले तत्काल गर्नुपर्ने यी हुन् काम

नेपाली समाजको चरित्र कस्तो, यस्तो लेखियो एकीकृत पार्टीको प्रतिबेदनमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप