शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीनमा आमाबुबाकाे मृत्यु भएको चार वर्षपछि जन्मियो बच्चा

बिहीबार, २९ चैत २०७४, १६ : २४
बिहीबार, २९ चैत २०७४

बीबीसी–चिनियाँ मिडियाको रिपोर्ट अनुसार चीनमा आफ्नो अभिभावकको कार दुर्घटनामा मृत्यु भएको चार वर्ष पछि तीनको बच्चा जन्मिएको छ । बच्चाको जन्म सरोगेट आमाको सहयोगबाट भएको हो ।

सन् २०१३ मा मृत्यु भएको यो जोडीले मर्नुअघि टेष्ट ट्युब प्रणालीबाट बच्चा जन्माउनको लागि कयैन भ्रुण जमाउन दिएका थिए ।

दुर्घटना पछि तिनको भ्रुण प्रयोग गर्न पाउनुपर्ने भनेर तिनको अभिभावकले लामो न्यायिक लडाई लड्नु प¥यो ।

बच्चा डिसेम्बर २०१७ मा एक सरोगेट आमाबाट जन्मिएको हो ।

यो हप्ता बेइजिङ्ग न्युजले पहिलो पटक यो समाचार बाहिर ल्याएको हो । यो विषयमा पहिले कुनै कानुन नभएकाले मृत जोडीका अभिभावकहरुले सरोगेसीमा जानको लागि लामो न्यायिक लडाई लड्नु परेको समाचारपत्रले जनाएको छ ।

दुर्घटनाको समयमा भ्रुण नान्जिङ्ग अस्पतालमा सुरक्षित गरिसकिएको थियो । यसलाई माइनस १९६ डिग्रीको तरल नाइट्रोजन ट्याङ्कमा राखिएको थियो ।

अदालती लडाईपछि मात्र जोडीका दुवै अभिभावक(केटा र केटी दुवैको )ले निषेचित भएको भ्रुणमाथि अधिकार पाएको थियो ।

तर यो अधिकारसँगै अर्को समस्या आयो । यो भ्रुणलाई अर्को हस्पिटलले भण्डार गर्ने हो भने मात्र नान्जिङ्ग हस्पिटलले भ्रुण दिन राजि भयो । 

तर प्रत्यारोपण नगरिएको भ्रुणको सम्बन्धमा रहेको कानुनी अस्पष्टताले गर्दा भु्रण राख्न तयार अर्को चिकित्सक सस्थान भेटिएन ।

चीनमा सरोगेसी गैरकानुनी रहेको छ । त्यसैले यसको व्यवहारीक समाधानको लागि देशभन्दा बाहिर जाने विकल्प खोज्न थालियो ।

अन्तत ती जोडीका अभिभावकले सरोगेसी एजेन्सीमा यसबारेमा बुझे र लाओस जाने निर्णय गरे जहाँ व्यावसायिक सरोगेसी मान्यता प्राप्त छ ।

यसमा फेरी अर्को समस्या आईप¥यो । कुनै वायुसेवाले पनि थर्मस आकारको तरल नाइट्रोजनको बोतल  आफ्नो प्लेनमा राख्न तयार भएनन् । यसका लागि सामाग्रीलाई कारबाट लाओस पु¥याइयो ।
लाओसमा भ्रुणलाई एक सरोगेट आमाको पाठेघरमा राखियो र डिसेम्बर २०१७ मा छोरा जन्मियो ।
‘टियान्टीन’ नाम दिइएको बच्चा गर्भमा रहदा नै बच्चाको नागरिकता के हुन्छ भन्ने अर्को प्रश्न उठ्यो । यसको समाधानको लागि बच्चालाई चीनमै जन्माइएको थियो । यसका लागि सरोगेट आमा साधारण पर्यटन भिसामा चीन भ्रमणमा आएकी थिइन् ।

उसको बंशजको पुष्टि गर्नको लागि आमाबुवा जिवित नभएकाले मृत जोडीका दुबै अभिभावक बंशज प्रमाणित गर्नको लागि डीएनए परिक्षणमा सहभागी भए । यसरी उनीहरुले बच्चा आफूहरुको नाती भएको र ऊ चिनिया मुलको भएको प्रमाणीत गराए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप