शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ वर्ष मनाउन तिलिचोको रोजाई

शुक्रबार, ३० चैत २०७४, १२ : ५३
शुक्रबार, ३० चैत २०७४

मनाङ– नयाँ वर्ष मनाउन केही वर्षयता आन्तरिक पर्यटकको रोजाइमा मनाङ पर्न थालेको छ । 

नयाँ वर्ष मनाउन यहाँ आउनेमध्ये सबैभन्दा धेरैको रोजाइमा तिलिचो ताल पर्ने गरेको छ । यहाँ नयाँ वर्ष मनाउनका लागि आउने आन्तरिक पर्यटकको चाप बढेको छ । 

दशैँ तिहारको छुट्टीमा जस्तै नयाँ वर्ष मनाउन आफूहरुको रोजाइमा मनाङ परेको पर्यटक स्नेह कार्की बताउँछन् । विश्वको सर्वाधिक उचाइमा रहेको तिलिचो ताल, मनाङ गाउँको काखमा रहेको गंगापूर्ण ताल र पिसाङमा रहेको पिसाङ ताल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेका छन् । 

हिमशृंखलाबाट बनेका तालतलैया र यहाँको मौलिक परम्पराले जो कसैलाई पनि मोहित बनाउँछ । यहाँको सौन्दर्यमा रमाउन स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लाग्छ । गत वर्ष नयाँ वर्षको दिन यहाँ करिब पाँच सयभन्दा बढी आन्तरीक पर्यटक आएका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ ।

यसपटक उक्त संख्या दोब्बरले बढ्ने मनाङ जिल्ला पर्यटन व्यवसायी संघका अध्यक्ष विनोद गुरुङले बताए । “मनाङ घुम्न आउने आन्तरिक पर्यटकका कारण यहाँका होटल भरीभराउ हुने गरेका छन्,” उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप