बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रिपरले ठक्कर दिँदा फुजेलकी सुस्मा पन्तको मृत्यु

शुक्रबार, ३० चैत २०७४, १४ : ०९
शुक्रबार, ३० चैत २०७४

धादिङ । काठमाडौँबाट गोरखा जाँदै गरेको मोटरसाइकललाई विपरित दिशाबाट आएको ट्रिपरले ठक्कर दिँदा एक युवतीको घटनास्थलमै मृत्यु भएको छ । 

मोटरसाइकलको पछाडि बसेकी गण्डकी गाउँपालिका–३ फुजेलकी सुस्मा पन्तको मृत्यु भएको हो । बा ३५ प ८९०६ नम्बरको मोटरसाइकललाई बा २ क ३७६४ नम्बरको ट्रिपरले ठक्कर दिएको हो । 

मोटरसाइकल चालक कृष्ण सापकोटा सामान्य घाइते रहेको गजुरी प्रहरी वृतका प्रहरी निरिक्षक सञ्जय तिमिल्सीनाले जानकारी दिएका छन् । 

मृतक पन्तको शब गजुरी प्राथमिक स्वास्थ केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।

त्यस्तै ट्रिपर र मोटरसाइकल चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप