मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कविता: आजको म

शनिबार, ०१ वैशाख २०७५, ०८ : २९
शनिबार, ०१ वैशाख २०७५

-प्रमोद पन्त 

हारमा पनि हार महसुस नगर्ने म
आज जित्दा पनि हारिरहेको छु ।

काँडामा पनि फूलको कल्पना गर्ने म
आज कल्पनादेखि नै डराइरहेको छु ।

सधंै हासी खुसी जिउनुपर्छ भन्ने सिद्धान्त अवलम्बन गर्ने म
आज तिता अतितमै कतै हराइरहेको छु ।

सबैलाई माया, प्रेम, खुसी बाँढ्ने म
आज आफै माया प्रेम खुसीको अभावमा बाँचिरहेको छु ।

-हाल: भारत
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप