कविता: दिल टुटेर होला
-मनोज लामिछने
सायद दिल टुटेर होला
वसन्तमै बर्खा लागिसकेछ
झरी कुहिरो डाँडाभरि टम्मै लागिसकेछ
मन मष्तिस्कको युद्ध परेपछि
ओठको हाँसो त त्यस्तै हो
मनको शान्ति अनि धैर्य पनि टाढा भागिसकेछ
सायद दिल टुटेरै होला
खै फिक्का छ फूलहरूको रङ पनि
झर्को लाग्छ चरीको चिरबिरमा पनि
खोलाको कलकल अनि डाडाको हरियाली पनि
निर्जीव भएछ क्यारे सबै
राति आकाशको गहिराइ पनि डुबिसकेछ
डुबिसकेछ ऊ त्यो डाडाको जुन पनि
र भागिसकेछ टाढा टाढा
उडिरहेछु म छोप्नलाई
खै सक्दिनँ होला
र त मन मरिसकेछ
सायद दिल टुटेर होला
छैन ती गल्लीहरूमा रौनक
अन्धकार छन् सहरका बत्ति पनि
सङ्गीतमा पनि मिठास छैन
पहाडका कुना काप्चामा पनि
सुनसान छैन
छैन आवाज मान्छेहरूको भीडमा पनि
सायद दिल टुटेरै होला
भीडमा पनि एक्लिएको म
खुला आकाशले नि थिचिरहेको
र हुत्याइरहेको अघि पछि
यो शान्त हावाले पनि
र तानिरहेको भित्रभित्रै
एक अँध्यारो गुफामा
र म छोडिरहेछु आफूलाई
सायद दिल टुटेरै होला
भगवान पनि निस्ठुरी लाग्छ ।
पत्थर न हो
उडिरहेको प्वाँखले पनि ठक्कर दिन्छ
र पल्टाइदिन्छ आफ्नै खुट्टाले पनि
गिजाइरहेछ भ्यागुतोले पनि
र म गिजिइरहेको छु, उसकै तालमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण