शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यी हुन् संसारका सबैभन्दा खतरनाक ६ एयरपोर्ट

शनिबार, ०१ वैशाख २०७५, १६ : १७
शनिबार, ०१ वैशाख २०७५

तपाईंलाई कुनै विमानस्थल के कारणले सम्झनामा आउँछ ? बीबीसी ट्राभलले यो प्रश्न प्रश्नोत्तर वेबसाइट क्वोरा डटकममा राखेको थियो । अधिकांश प्रयोगकर्ताहरूले विमानस्थलमा विमानको उडान र अवतरणको फरक अनुभवका कारण विमानस्थल सम्झनामा रहने बताए ।

सामान्यतया विमानस्थलको धावनमार्गको लम्बाइ १८ सय मिटरदेखि २४ सय मिटरसम्म हुने गर्छ । तर जुन छवटा धावनमार्गलाई क्योरा प्रयोगकर्ताहरूले छानेका छन्, तिनको लम्बाइमा मात्र छोटो होइन तिनको अवस्थिति पनि खतरनाक स्थानमा रहेको छ ।

नेपाल : तेन्जिङ–हिलारी विमानस्थल– पहाडको र खोंचको बीचमा रहेको
नेपालको तेन्जिङ–हिलारी विमानस्थलको धावन मार्गलाई तपार्इं रोमाञ्चकताको दोस्रो नाम भन्न सक्नुहुन्छ । हिमाली डाँडा माझ लुक्ला रहेको छ । र यही बस्तीमा रहेको ४६० मिटर लामो धावन मार्ग छ ।

छोटो धावन मार्गका कारण यहाँ सानो विमान र हेलिकप्टर मात्र उत्रन सक्छ । धावन मार्गको उत्तरमा पहाड रहेको छ । दक्षिणमा ६ सय मिटर गहिरो खोंच छ । एउटा सानो गल्तीले दुर्घटना निम्त्याउन सक्छ ।

क्योरा वेबसाइट प्रयोग गर्ने एमी रविन्सन बताउँछिन् “सगरमाथामा चढ्न जाने मानिसहरू यही एयरपोर्टमा ओर्लन्छन् । संसारको सबैभन्दा खतरनाक एयरपोर्टमध्ये यो पनि एक हो ।”

स्कटल्यान्ड : बारा विमानस्थल– समुन्द्री किनारमा रहेको धावनमार्ग


माथि उल्लेख गरेकोभन्दा फरक छ स्कटल्यान्डको विमानस्थल । समुन्द्रमा छाल आउँदा यो विमानस्थल पानीमा डुब्ने गर्छ ।

क्योरा वेबसाइटको प्रयोगकर्ता अमित कुशवाहा बताउँछन्, “यो विमानस्थल आफैमा विशेष छ । यो यस्तो धावनमार्ग हो जहाँ उडान समय समुन्द्री आँधीको समयबाट प्रभावित हुन्छ ।”

यो विमानस्थल ट्रेग मोर समुन्द्री किनारमा बनेको छ । विमानहरू बालुवामा फसेमा निकाल्नका लागि त्यहाँ काठका पोलहरू राखिएका छन् ।

माल्दिभ्स : माले विमानस्थल– समुद्रबाट दुई मिटर माथि रहेको


माल्दिभ्सको माले अन्तर्राष्ट्रिय एयरपोर्टमा उडान गर्न पाइलटका लागि निक्कै चुनौतीपूर्ण हुन्छ ।

यो संसारमा अलकत्राबाट बनेको एक मात्र विमानस्थल हो । यो विमानस्थल समुद्री तटबाट मात्र दुई मिटरको उचाइमा रहेको छ ।

यो एयरपोर्ट टापुको एक किनारबाट सुरु भएर अर्को किनारसम्म पुगेको छ । पाइलटको एउटा गल्तीले जहाज हिन्द महासागरमा झर्नेछ ।

क्योरा वेबसाइट प्रयोगकर्ता पिटर बास्करविल भन्छन्, “यो संसारको थोरै विमान स्थलमध्ये पर्छ जो पानीबाट सुरु भएर पानीमा अन्त हुन्छ ।”

यो विमानस्थल हुलहुले टापुमा रहेको छ । हुलहुले टापु ९०,००० वर्ग किलोमिटरको क्षेत्रमा फैलिएर रहेको टापू समूहमा पर्छ । यस समूहमा कुल ११९२ टापुहरू रहेका छन् । सम्पूर्ण हुलहुले टापुको प्रयोग विमानस्थलका लागि मात्र गरिएको छ ।

यहाँ उत्रेका पर्यटकहरूलाई अन्य स्थानमा जान स्पिडवोट्सको प्रयोग गर्नु पर्नेछ ।

साबा : इरास्किन एयरपोर्ट– सबैभन्दा छाटो धावनमार्ग


क्योराका अर्का प्रयोगकर्ता धारिया मानेकका अनुसार क्यारिवियन टापु साबाको जुयानको ई इरास्किन विमानस्थलमा अवतरण गर्ने काम कमजोर मुटु भएकाहरूका लागि गाह्रो हुने गर्छ । 

यो एयरपोर्टको धावनमार्ग व्यावसायिक उडानको प्रयोगका लागि प्रयोग भइरहेको मध्ये सबैभन्दा सानो हो । यसको धावनमार्गको लम्बाइ ३९६ मिटर छ । 

यसको मतलब यहाँ कम गति भएका साना विमान मात्र अवतरण गर्न सकिन्छ ।

यो रनवे जति सुन्दर छ, त्यति नै खतरनाक पनि । मानेकले लेखेका छन्, “यो धावनमार्ग एउटा पहाडी चट्टानमा बनेको छ, जो तीनतिरबाट समुद्रले घेरिएको छ र बाँकी अर्को भाग पहाडमा जोडिएकोे छ । यहाँ जेट विमान अवतरण गर्न सकिँदैन ।”

अमेरिकाको सबैभन्दा उचाइमा अवस्थित कालोराडो एयरपोर्ट


उता अमेरिकाको कोलोराडोस्थित टेलुराइड रिज्नल एयरपोर्ट २७६७ मिटरको उचाइमा  र उत्तर अमेरिकाको सबैभन्दा उचाइमा रहेको व्यावसायिक एयरपोर्ट हो ।

क्योराका प्रयोगकर्ता इरिन विटलकअनुसार “यहाँको अवतरणमा रौँ ठाडो हुन्छ । तर यो निक्कै सुन्दर छ ।”

टलुराइडको एकल धावनमार्ग रकी पहाडको एक हिस्सामा बनेको छ । यसको अगाडि ३०० मिटरको गहिराइमा सान मिगेल नदी बहन्छ ।
सन् २००९ मा यस विमानस्थललाई सुधार गरेर सुरक्षित बनाइएको छ । हाल यहाँ ठूलो विमान पनि अवतरण गर्न सकिन्छ ।

हङ्कङ : काई टाक– भवनको बीचबाट अवतरण


हङ्कङको काई टाक विमानस्थल पनि एकदमै खतरनाक थियो । यति खतरनाककी यात्रीहरू यहाँ अवतरण गर्नुलाई काई टाक हार्ट अट्याक भन्थे ।

क्योरा प्रयोगकर्ता जेय वाकर भन्छन्– “हाल यो एयरपोर्ट प्रयोगमा छैन । तर १९२५ देखि १९९८ सम्म यहाँ विमानहरू ओर्लने र उड्ने गर्थे । यहाँबाट उडान गर्नु वा उत्रनु संसारको आश्चर्यमा एक थियो । यसमा

दुवैतर्फ अग्ला भवनहरू थिए । खास गरी ७४७ विमानको अवतरण निक्कै डरलाग्दो हुन्थ्यो । उडान र अवतरणको समय झ्यालको सिटमा बसेकाहरूले सजिलै घरभित्र हेर्न सक्थे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप