बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्दुरले रङ्गियो मध्यपुर, तस्विरमा हेर्नुहोस्

आइतबार, ०२ वैशाख २०७५, १० : ४२
आइतबार, ०२ वैशाख २०७५

भक्तपुर । प्रत्येक वर्ष नयाँ वर्षको शुरुवातमा मध्यपुरथिमिमा सिन्दुर जात्रा मनाइने गरिन्छ । बिस्केट जात्राको अवसर पारेर मनाइने ३२ खटको सिन्दुर जात्रा यो वर्ष पनि भव्यताका साथ मनाइएको हो । 

मध्यपुरथिमिमा मात्र मनाइने विभिन्न जात्रा मध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा माध्ये एक हो । 

केही वर्षअघिसम्म ३२ खट नगरपरिक्रमा गराउने भने पनि यसवर्ष २६ वटामात्र रहेको स्थानीयले जनाएको छ । 

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली अबिर जात्रा गरी मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर छर्ने, फूल बसाएर स्वागत गर्ने प्रचलन छ । 

जात्रामा का“याबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा अबिर दलेर नगरपरिक्रमा गर्ने परम्परा छ । 

अबिर जात्रामा बालकुमारी, कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको छ । सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरु सहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा शुरु हुन्छ । 

परम्परा अनुसार नै देवता लाय्कू दरबार भित्र पस्न नपाउन भनेर लायकू प्रवेश द्वारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरु बाटो छेकेर बस्ने परम्परा रहेको छ ।

 
जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा अबिर  खेल्दै बाजागाजा सहित अबिर जात्रा मनाइने चलन रहेको छ । 

आइतबार दिउँसो मध्यपुरथिमीको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । 

यसलाई स्थानिय नेवारी भाषामा द्यो सगं बिइगु भनिन्छ । नेपाल सम्वत २६८ अर्थात लिच्छवी कालभन्दा अगाडिदेखि राजाजगत ज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको ईतिहासमा उल्लेख छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप