शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डोल्पामा यार्सागुम्बा संकलन दस्तुर बृद्धि

आइतबार, ०२ वैशाख २०७५, १५ : १५
आइतबार, ०२ वैशाख २०७५

डोल्पा–डोल्पामा यार्सागुम्बा संकलनका लागि यस बर्षदेखि यार्सागुम्बा संकलन दस्तुरमा अतिरिक्त पाँचसय रकम तिर्नुपर्ने भएको छ । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज,स्थानीय सरकारका प्रमुख, जिल्ला समन्वय समिति,जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवालासहितको छलफललले यार्सा संकलन दस्तुर बढाउने निर्णय गरेको हो ।

निर्णयअनुसार यस बर्षदेखि प्रत्येक संकलनकर्ताले यार्सागुम्बा ब्यबस्थापन निर्देशिका अनुसार तोकिएको रकममा अतिरिक्त पाँच सय रुपैयाँ तिर्नुपर्ने भएको छ । यार्सागुम्बा ब्यबस्थापन निर्देशिका अनुसार मध्येवर्ती क्षेत्र भित्रका सर्वसाधारणलाई प्रतिब्यक्ति पाँच सय, मध्यवर्ती क्षेत्र बाहिरका सर्वसाधारणका लागि प्रतिब्यक्ति दुई हजार र जिल्ला बाहिरका सर्वसाधारणका लागि प्रतिव्यक्ति तीन हजार तोकिएकोमा यी सबै प्रकारका संकलन दस्तुरमा थप ५ सय तिर्नुपर्नेछ । 

ईजाजत दिनका लागि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले अतिरिक्त पाँच सय रुपैँया सेवा शुल्कको रुपमा लिने पाउने निर्णय गरिएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरीले जानकारी दिए । सम्बन्धि मध्यवर्ती क्षेत्र ब्यबस्थापन समितिले अतिरिक्त उठाएको पाँचसय रकम समितिकै खातामा जम्मा हुने र सो रकमबाट मध्यवर्ती क्षेत्रभित्रको संरक्षण शिक्षा, चोरी शिकारी नियन्त्रण,जैविक विविधता संरक्षण सम्बन्धि विभिन्न कार्यक्रमहरुमा खर्च गरिने निकुञ्जले जनाएको छ ।

बहुमूल्य जडीबुडीको पटक क्षेत्रको रुपमा रहेको डोल्पा जिल्लामा यार्सागुम्बा संकलनका लागि विभिन्न जिल्लाबाट बर्षेनी हजारौँ मान्छेहरु भित्रने गर्दछन् । उनीहरुलाई वितरण गरिएको संकलन ईजाजतबाट मात्रै बर्षेनी करोडौँ राजश्व संकलन हुने गर्दछ । बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलनका सिजन प्रत्येक बर्षको जेठ महिनाको पहिलो साता देखि सुरु भई असार पहिलो सातासम्म मात्रै निकुञ्जले संकलन ईजाजत दिने गर्दछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप