बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सूर्योदय यातायातद्धारा  अशोक लेलैण्डका बस सञ्चालनमा

आइतबार, ०२ वैशाख २०७५, १६ : १९
आइतबार, ०२ वैशाख २०७५

काठमाडौं–नयाँ वर्षको आगमनसँगै सूर्योदय यातायात एण्ड अटो प्रा. ली. ले अशोक लेलैण्डका १५ ओटा ‘लिंक्स स्मार्ट इलाइट प्लस’ मोडेलका बस सञ्चालनमा ल्याएको छ । सो बसमा डिजिटल डिस्पले , टि.भी., वाईफाई , जि.पि.एस् , सि.सी क्यामेरा लगायत उपकरणहरु उपलब्ध रहेको बताइएको छ । 

पूर्वाञ्चलमा नमुना रुपमा यात्रुहरुलाई सेवा दिने उद्देश्यले नयाँ बस ल्याएको जानकारी दिँदै यातायातका अध्यक्ष देवेन्द्र कुमार न्यौपानेले अशोक लेलैण्डका सवारी साधनहरु वास्तवमै राम्रा रहेको बताए । 

कार्यव्रmमकै सन्दर्भमा यातायातका  प्रबन्ध निर्देशकसरोज न्यौपानेले आगामी दिनहरुमा यस संस्था देशभरी विस्तार गर्दै यात्रुहरुलाइ गुणस्तरीय सेवा प्रदान गर्ने एक अग्रणी संस्थाको रुपमा परिचित रहने बताए । 

आई एम ई मोटर्स प्रा. ली. का सेल्स हेड सुधिर सुबेदीले समयको आवश्यक्ता अनुसार न्यून खर्चमा कसरी बस सञ्चालनमा ल्याउन सकिन्छ भन्ने उदाहरण, नेपाली बजारमा अशोक लेल्याण्डका बसहरुले पुष्टि गरिरहेको बताए । 

 साथै उनले  १५ प्रतिशत धेरै माइलेज तथा न्यून मर्मत खर्च भएका यी बसहरु व्यवसायी तथा ग्राहक मैत्री रहेको बताए ।       
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप