बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१५ दिनभित्र आवेदन दिन मन्त्री पण्डितको आह्वान

आइतबार, ०२ वैशाख २०७५, १६ : ५३
आइतबार, ०२ वैशाख २०७५

काठमाडौं– सरकारले १५ दिनभित्र सबै तहमा आवश्यक कर्मचारीको व्यवस्था गर्ने भएको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक निजामति कर्मचारीहरुलाई आफूले प्राथमिकता दिने योग्यता, क्षमताअनुसार निर्धारण गरिएको पदमा जाने गरी १५ दिनभित्र आवेदन दिन पनि आह्वान गरे । 

आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले तोकिएको कार्यक्षेत्रमा गएर काम गर्न कर्मचारीहरुलाई पुनः सचेत पनि गराए । मन्त्री पण्डितले निजामती सेवा ऐनले गरेको व्यवस्था अनुसार सबै निजामती कर्मचारीले आफ्नो कार्य क्षेत्रमा गएर काम गर्नुपर्ने पनि स्पष्ट पारे ।

मन्त्री पण्डितले कर्मचारीहरुले कार्यथलोमा राजनीति गरे सैह्य नहुने चेतावनी पनि दिए । उनले कामबाहेक कर्मचारीहरुलाई अरु गतिविधि हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे । मन्त्री पण्डितले कर्मचारीहरुलाई स्वेच्छिक अवकाश दिने काम तत्कालका लागि स्थगित गरिएको पनि बताए ।

मन्त्री पण्डितले सरकारले राजनीतिक पूर्वाग्रहको आधार कर्मचारीहरुमाथि कुनै पनि खालको व्यवहार नगर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप