बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अफ्रिकामा यसरी मनाए नेपालीले नयाँ बर्ष (फोटोफिचर)

आइतबार, ०२ वैशाख २०७५, १७ : ४७
आइतबार, ०२ वैशाख २०७५

युगाण्डा–युगान्डा र नाइजेरियामा रहेका नेपालीहरुले नयाँ बर्ष भव्य रुपमा मनाएका छन् । गैर आबासीय नेपाली संघ युगाण्डा र नाइजेरियाको राष्ट्रिय समन्वय समितीको आयोजनामा युगान्डाको कम्पाला र नाइजेरियाको लेगोसमा नेपालीहरुले नयाँ बर्ष २०७५ भब्य रुपमा मनाएका हुन् ।  

कम्पालामा आयोजित कार्यक्रममा स्थानीय नेपाली कलाकारहरु रमेश कँडेल, तेजेन्द्र बिबश र पवन भन्डारीले नृत्य प्रस्तुत गरेका थिए भने संघका आइसिसी सदस्य जीबन पङ्गेनी, अध्यक्ष राजमणि भन्डारी र उपाध्यक्ष विनोद थापाले शुभकामना मन्तव्य राखेका थिए ।  

त्यसैगरी नाइजेरियामा आयोजित कार्यक्रममा संघका अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापा, आइसिसी सदस्य चिरन्जिबी रोका, अध्यक्ष जनक बिष्ट र उपाध्यक्ष विश्वास पौडेलले शुभकामना मन्तव्य राखेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप