शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हङकङ र मकाउबाट क्यान्सर पीडितलाई सहयोग

सोमबार, ०३ वैशाख २०७५, ०९ : ३६
सोमबार, ०३ वैशाख २०७५

पथरी, मोरङ - राजघाट हङकङ समाज हङकङले उर्लाबारी—९ खोपिँडाडा निवासी क्यान्सर रोगबाट पीडित पार्वता लिम्बूको उपचारका लागि रु दुई लाख ३४ हजार ९०२ आर्थिक सहयोग गरेको छ । 

आर्थिक अभावले पार्वताको उपचारमा समस्या भएको राससलगायत विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा समाचार आएपछि राजघाट समाज हङकङका अध्यक्ष टीका लिम्बूको अग्रसरमा सहयोग रकम संकलन गरिएको थियो । हङकङबाट पठाइएको उक्त रकम समाजसेवी तेजन खड्काले पार्वताकी छोरी रेनुकालाई हस्तान्तरण गरे । 

हङकङमा समाजका अध्यक्ष टीका लिम्बू, जीवन पोमु लगायतले आर्थिक संकलन गरेका थिए । आर्थिक अभावकै कारण उपचारमा समस्या भएको थियो, रकम पाएपछि छोरी रेनुकाले भने । “अहिले हजुरहरुको सहयोगले आमाको उपचार भइरहेको छ । सहयोगीदाता सबैमा धन्यवाद दिन चाहान्छौँ ।” हाल पार्वताको उपचार भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । 

यसैबीच पार्वताको उपचारका लागि उर्लाबारी—९ निवासी समाजसेवी सुन्दर श्रेष्ठले एक हप्ताअघि नगद १० हजार सहयोग गर्नुभएको थियो । करीब १० दिनअघि हङकङबाट याम सेम्बुले अगुवाइ गरेर आफन्त साथीभाइ, शुभेच्छुकबाट नगद दुई लाख र मकाउबाट गीता मगर शेर्पाले नगद ८० हजार र गोपाल थापाले ३१ हजार सहयोग गरिसक्नुभएको छ । देशविदेशबाट पार्वताको उपचारका लागि सहयोग रकम जुटिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप