बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सौर्य उर्जामार्फत बस्तीमा पानी आएपछि गाउँको मुहार फेरियो

सोमबार, ०३ वैशाख २०७५, ११ : ०४
सोमबार, ०३ वैशाख २०७५

रामहरि श्रेष्ठ

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ सोक्माटारमा भने बस्ती मूनिबाट बग्ने दुधकोशी नदीको पानी सौर्य उर्जामार्फत पम्पिङ्ग प्रणलीबाट बस्तीसम्म ल्याएपछि गाउँको मुहार नै फेरिएको छ ।

बस्ती मुनिबाट बाह्रैमास दुधकोशी नदी बगिरहने भएपनि नदीमाथिको बस्ती भने सधैँ उजाड देखिन्थ्यो । स्थानीयलाई खेती गर्नुपरे आकाशको पानी कुर्नुपर्ने बाध्यता रहेको थियो । तर, गत कार्तिक महिनायता त्यस गाउँका कृषकहरुको दैनिकी नै फेरिएको छ । 

बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको सहयोगमा ६ वटा सौर्य उर्जा प्रणालीमार्फत सञ्चालित पम्पिङ प्रणाली जडान गरिएपछि नदीको पानी करिव ७५ मिटर माथिको गाउँसम्म खसालिएको छ । 

पम्पिङ प्रणाली मार्फत गाँउमा पानी आएपछि कृषकहरुले बाह्रैमास नगदेबाली लगाउँदै आएका छन् । पानी अभावमा जमिन बाझै छोड्ने गरेका कृषकहरु अहिले भने खेतबारीमा बाह्रैमास हरियाली छाएपछि दङ्ग परेका छन् । 

‘अहिले मकैहरु फलिरहेको छ,कोहि भाच्ने बेला भयो, कोही छर्ने तरखरमा छौ,अब पम्पिङ प्रणाली मार्फत नियमीत पानी आयो भने म त रोपाई गर्ने सोचमा छु,’कृषक नरेश कुमार राईले भने । 

दिउसो घाम लागेको समयमा सौर्य उर्जाबाट नदीको पानी खेतबारीमा आउने गरेको छ । 

खेती गर्नका लागी प्रयाप्त पानी भएपछि आफुहरुको दैनिकीमा समेत परिवर्तन आएको स्थानीय कृषक बिन्देश्वर राईले बताए । ‘लसुन, प्याज, आलु, मकै बाह्रै मास फल्छ । लागेको थिएन यस्तो सुख्खा ठाँउ यस्तो हरियाली हुन्छ भनेर,’ उनले भने ।

सुर्ती खेतीका लागी पकेट क्षेत्र समेत मानिने सोक्माटारमा खाडेरी परेपछि स्थानिय गाउँघरमा देखीनै छाडेका थिए । तर गाउँमा पानी आएपछि अहिले कृषकहरु गाउँमै खेती गरी बिभिन्न जातका तरकारीहरु उत्पान तथा बिक्रीबितरण समेत गर्ने गरेको स्थनिय शिक्षक आश्रासन राईले बताए ।  

उनले भने ‘कातिक देखि जेठ सम्ममा यहाँ उजाड हुन्थ्यो । अहिले तरकारीबाली र मुख्य नगदेबाली सुर्ती बाह्रैमास खेती भैरहेको छ । सबैभन्दा ठूलो सिँचाई नै रहेछ ।’

अल्पकालीन रुपमा यस किसीमको पम्पिङ प्रणली जडान भएको भएपनि यसबाट दीर्घकालीन आशा राखेको कृषकहरुको भनाई छ । घाम लागेको समयमा नियमित पानी आउने गरेको भएपनि कोही बेला मेसीनमा समस्या आउने गरेको कृषक बिन्देश्वर राईले बताए । त्यही समस्या समाधानका लागि गाउँको माथिल्लो भेगमा तिन ओटा पानी जम्मा गर्ने ट्याङ्की समेत निर्माण भएको छ ।

पम्पिङ प्रणलीमा स्थानियको ढुवानी र प्राविधिक जडान गरी करिब एक लाख ५० हजार रुपैयाँ लगानी छ । 

सौर्य उर्जा पम्पिङ प्रणालीबाट तानिएको पानीले सोक्माटारको करिब एक सय ५० रोपनी क्षेत्रफलमा सिंचाई सुविधा पुगको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप