मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अङ्ग्रेजलाई युद्ध हराएको स्थानमा उत्सव दिवस

सोमबार, ०३ वैशाख २०७५, ११ : २२
सोमबार, ०३ वैशाख २०७५

तेजेन्द्र केसी

बुटवल । नेपालले अङ्ग्रेजलाई युद्धमा हराएको ऐतिहासिक जितगढी किल्ला (बुटवल)मा विजय उत्सव दिवस मनाइने भएको छ । यो किल्लाको संरक्षण र संवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले बुटवल उपमहानगरपालिकाको संयोजनमा यो दिवस मनाउन लागिएको हो । नेपालले अङ्ग्रेजलाई हराएको दिनको अवसर पारेर यो दिवस मनाइन लागेको उपमहानगरपालिकाले जनाएको छ । 

यो किल्लालाई प्रमुख सम्पदाका रूपमा विकास गर्न यहाँका सरोकारवालाहरूले साझा सङ्कल्प पनि गरेका छन् । बुटवल उपमहानगरपालिकाले शुक्रबार आयोजना गरेको सर्वपक्षीय भेलामा सहभागीहरूले जितगढीको विकासका लागि उपमहानगरपालिकासँग सहकार्य गर्ने सामूहिक सङ्कल्प गरेका थिए । जितगढीमा विजय उत्सव दिवस मनाउने सन्दर्भमा छलफल गर्न उपमहानगरले भेला राखेको थियो । भेलामा सहभागी यहाँका राजनीतिक दल, सामाजिक सङ्घ संस्था, नागरिक अगुवा, नेपाली सेना, नेपाल प्रहरीलगायते यस्तो सङ्कल्प गरेका हुन् । बुटवल उपमहानगरपालिका–१ मा रहेको यो गढी तत्कालीन अङ्ग्रेज सरकारको आधुनिक सेनालाई नेपालले परास्त गरेको ऐतिहासिक किल्ला हो । 

जितगढीमा अङ्ग्रेजलाई हराएको नेपाल अरू किल्लाहरूमा भने आफै हारेको थियो । जितगढीमा भएको वि.सं. १८७२ वैशाख ७ गतेको लडाइँमा नेपालसँग हारेपछि अङ्ग्रेज सेना नेपालबाटै फर्किएको बताइन्छ । सोही दिन (वैशाख ७ गते) लाई विजय उत्सव दिवसका रूपमा बुटवल उप–महानगरपालिकाले मनाउन लागेको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । वैशाख ७ गतेको मूल समारोहसहित तीन दिनसम्म विभिन्न कार्यक्रमहरू गरिने जानकारी गराउँदै प्रमुख सुवेदीले ऐतिहासिक सम्पदाको संरक्षण र संवद्र्धनका काममा सहकार्य गर्न यहाँका सामाजिक सङ्घ संस्थाहरूलाई आग्रह गर्नुभयो । दिवस मनाउन मूल समिति, समितिहरू र विभिन्न उपसमितिहरूसमेत गठन गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत राजन बिसीले जानकारी दिए । 

कार्यक्रममा नेपाली सेनाको मध्यपश्चिम पृतनाका महासेनानी सन्तोषराज पाण्डे, जबरजङ्ग गणका प्रमुख सेनानी अच्युतबहादुर शाह, नं. २२ बाहिनीका सेनानी गोविन्दप्रसाद न्यौपाने, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक वसन्त पाण्डे, बटौली संरक्षण समितिका अध्यक्ष रवीन्द्रगोपाल लाकौललगायतले जितगढी सम्पदाको संरक्षण र संबद्र्धन गर्ने काममा आफूहरूले सहकार्य गर्ने  जनाएका छन् ।  

संरक्षणमा उपमहानगरको ५० लाख बजेट

चुरे पर्वतको काखमा र तिनाउ खोलाको पश्चिम किनारमा अवस्थित यो गढी १६औं शताब्दीतिर सेनकालमा निर्माण भएको मानिएको छ । यो खण्डहर बनेको किल्लाको संरक्षणको प्रभावकारी पहल विसं २०५४ सालमा भएको थियो । त्यतिबेला नगर प्रमुख भोजप्रसाद श्रेष्ठ, जिल्ला विकास समितिका सदस्य शिवराज सुवेदी (हालका नगर प्रमुख) हरूले गढीको संरक्षणको प्रभावकारी पहल सुरु गर्नुभएको थियो । त्यतिबेला सदस्य सुवेदीले पाएको दुई लाख रुपियाँ बराबरको विकास बजेटलाई गढीको संरक्षणमा लगाइएको थियो । अ

हिले सुवेदी बुटवलको प्रमुखमा निर्वाचित भएपछि यसलाई संरक्षण गर्ने भन्दै ५० लाख रुपियाँ विनियोजन गरिएको छ । उपमहानगरले यहाँ उजिरसिंहको पूर्णकदको शालिक र अहिलेसम्मकै ठूलो राष्ट्रिय झण्डा फहाराउने योजना तय गरेको छ ।

भित्री पूर्वाधार निर्माण, झण्डा र सालिक निर्माणका अतिरिक्त त्यस क्षेत्रका भवनहरूको रङ्ग एउटै बनाउने गरी उपमहानगरले योजना बनाएको योजना प्रमुख सुमन श्रेष्ठले जानकारी दिनुभयो । जितगढीको सम्बन्धमा स्पष्ट उल्लेख वि.सं. १८७१ को नेपाल र कम्पनी सरकारबीच भएको युद्धको समयमा भएको पाइन्छ । वि.सं. २०५२ सालमा पुरातत्व विभागले गढी संरक्षण गर्ने क्रममा गढीको पर्खालको बीच भागको उत्तरतर्फ एउटा त्चष्ब ित्चभबअज लिँदा पुरिएको पर्खालको पेटी भेटिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप