मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले ५ अर्ब २५ करोडको ट्रेजरी बिल  जारी गर्दै

सोमबार, ०३ वैशाख २०७५, १२ : २८
सोमबार, ०३ वैशाख २०७५

काठमाडौं–नेपाल राष्ट्र  बैंकले मंगलबार ५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै छ । बैंकले ९१ दिने ३ अर्ब रुपैयाँ र १८२ दिने २ अर्ब २५ करोड रुपैयाँ गरी जम्मा ५ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो ।  

९१ दिने ट्रेजरी बिल साउन १ गते परिपक्क हुनेछ भने १८२ दिने ट्रेजरी बिल असोज ३० गते परिपक्क हुनेछ ।  
सरकारलाई आवश्यक पर्ने अल्पकालिन अवधिको स्रोत जुटाउन ट्रेजरी बिलको बिक्रि गरिन्छ । यो ट्रेजरी बिलको बिक्रि प्रबन्धक नेपाल राष्ट्र बैंक अन्र्तगतको सार्वजनिक ऋण व्यवस्थापन विभाग हो । 
यसैबीच राष्ट्र  बैंकले  ट्रेजरी बिलका लागि सोमबार बोलकबोल गर्दैछ ।  बोलकबोल दिउँसो ३ बजे खुला बताइएको छ । 
बोलकबोल गर्दा अनलाइन मार्फत गर्नुपर्ने सार्वजनिक ऋण व्यवस्थापन विभागले जनाएको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप