बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वर्ष २०७४ मा ६ कलाकारको जोडी बाँधिदा, ४ कलाकारको भयो डिभोर्स

सोमबार, ०३ वैशाख २०७५, १५ : ०५
सोमबार, ०३ वैशाख २०७५

काठमाडौं–चलचित्र तथा गीत–संगीतका अलवा बर्ष २०७४ कलाकारको बिबाह र डिभोर्सले पनि सम्झन लायक बन्यो । यो वर्ष केही सेलिब्रेटीले घरजम गरे भने केहिले वर्षौंदेखिको सम्बन्धलाई पूर्णबिराम दिए । कला तथा मनोरन्जन क्षेत्रमा क–कसले घरजम र कसको डिभोर्स भन्ने भन्नेबारे चर्चा गरिएको छ । 

क–कसको भयो घरजम ?
निशा अधिकारी (अभिनेत्री)

अभिनेत्री नीशा यो बर्ष बिबाह गर्ने पहिलो सेलिब्रेटी बनिन् । ।रातोपाटी। उनले असार १६ गते प्रेमी क्रिकेटर शरद भेष्वाकरसँग दरबार मार्गस्थित होटल अन्नपूर्णमा लगनगाँठो कसेकी हुन् । नीशा र शरदले दुवै परिवारको सहमतिमा परम्परागत शैलीमै विवाह गरेका थिए । विवाह समारोहमा दुवै परिवारका सदस्य, नजिकका आफन्त तथा सीमित कलाकर्मी सहभागी थिए । उनले सरकारका विशिष्ट कर्मचारी, वरिष्ठ कलाकार, सहकर्मी र नजिकका पत्रकारलाई बिबाह भोज समेत खुवाएकी थिइन् । लामो समय देखिको प्रेम सम्बन्धलाई यी दुबैले बिबाहमा परिणत गरेका थिए ।

राजबल्लभ कोइराला (अभिनेता)
राज बल्लभ कोइरालाले यहि मंसिरमा अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा लगनगाँठो कसेका थिए । उनले प्रतिमा बिमलीसँग विवाह गरेका हुन् । । रातोपाटी । लामो समयदेखि प्रेमलाई उनले विवाहमा परिणत गरेका हुन् । बिमली जीव चिकित्सा अभियन्ता (बायो मेडिकल ईन्जिनियर) हुन् । उनको विवाहमा अमेरिकामा रहेका केही कलाकार सहभागी थिए ।

गम्भीर विष्ट र निश्मा घिमिरे (अभिनेता/अभिनेत्री )
नृत्य निर्देशक गम्भीर र अभिनेत्री निश्माले मंसिरमा बिबाह गरेका हुन् । केही समय देखिको प्रेम सम्बन्धलाई दुबैले परिवारको सहमतीमा लगनगाँठो कसेका हुन् । कौशलटारस्थित एक वैंकटमा दुबैका नजिकका साथी र परिवारको उपस्थितिमा विवाह गरेका थिए । गम्भिर र निश्माले थुप्रै म्युजिक भिडियोमा एकसाथ काम गरेका छन् । निश्मा अभिनित चलचित्र ‘रिदम’ हिट भएको थियो । त्यसपछि उनी ‘लभ यु बाबा’ चलचित्रमा निश्मा देखिएकी थिइन् । गम्भीर भने म्युजिक भिडियो तथा चलचित्रका नृत्य निर्देशक हुन् । 

मोनिका दाहाल (अभिनेत्री )
अभिनेत्री मोनिका दाहालको पनि यो मंसिरमा लगन जुर्यो । काठमाडौ निवासी साइमन क्षत्रीसँग उनले विवाह गरेकी हुन् । उनको वर परिवाले जुराइ दिएको थियो । काठमाडौकै एक पार्टी प्यालेसमा परिवारका सदस्य, आफन्त र सिमित साथीभाइको माझ उनले लगनगाँठो कसेकी हुन् । साइमन व्यवसायी हुन् । ‘राहादानी’ र ‘कस्तो टेन्सन’ लगायत मोनिकाले करिब दर्जन चलचित्र अभिनय गरेकी छन् । 

अशिष्मा नकर्मी (अभिनेत्री)
अभिनेत्री अशिष्मा नकर्मीले बर्षको अत्य तिर लगनगाँठो कसेकी हुन् । संयुक्त राज्य अमेरिका बस्दै आएका काठमाडौं नयाँ बानेश्वर निवासी चार्टर एकाउन्टेन्ट नविन प्रधानसँग उनले कालिमाटी स्थित एक ब्यैङकेटमा नेवारी परम्परा अनुसार लगनगाँठो कसेकी हुन् । भाइको माध्यमबाट भेट भएका नविनसँग एक सातामै बैबाहिक सम्बन्धमा गाँस्ने निणर्य गरेको अभिनेत्री उनले बताएकी थिइन् । ‘अन्तराल’ चलचित्रबाट अभिनयमा डेब्यु गरेकी उनले अर्धकट्टी, राघव, तोरी लाउरे, लभ यु बाबा, बाटो मुनिको फूल २, संरक्षण लगायतका चलचित्रमा अभिनय गरेकी छन् । 

कविराज गहतराज (नृत्य निर्देशक)
कोरियोग्राफर कविराज गहतराजले पनि वर्षको अत्यतिर बिबाह गरेका हुन् । ३२ बर्षीय कविराजले आफ्नै दाईकी साली पर्नेवनारायनथान निवासी २२ बर्षिया रोजी घिमिरेसँग लगनगाँठो कसेका हुन् । उनले आफ्ना परिवार र केहि नजिकका साथीहरू र नेपाली चलचित्र निर्माता, निर्देशक, पत्रकारलाई बिबाह भोज खुवाएका थिए । गहतराजले आफ्नो बिहेलाई गोप्य राख्न चाहे पनि उनका नजिकका केही साथीहरूले सामाजिक संजालमा तस्बिर सहित शुभकामना दिएपछि बिबाह सार्वजनिक भएको हो । रातोपाटी ।

जसको डिभोर्स भयाे
मनोज गजुरेल (हास्य कलाकार)

हास्यकलाकार मनोज गजुरेलले पत्नी मिनासँगको सम्बन्ध यसै बर्ष टुङ्ग्याए । आपसी समझदारीमा दुबैले सम्बन्धलाई टुङ्ग्याएका हुन् ।

सम्बन्ध विच्छेद बारे दुवै केही समय दुबै मौन रहेपनि पछि भने एक अर्काेलाई गाली गर्दै मिडियामा प्रस्तुत भए । उनीहरु व्यवहारिक, कानुनी र आर्थिक रुपमा अलग–अलग भएका हुन् । वि सं२०५३ सालमा प्रेम विवाह गरेका यी जोडीको बैचारीक मतभेद आएपछि केही समयदेखि अलग–अलग बस्न थालेका थिए । यही पुस ११ गते अदालतबाटै कानुनी रुपमा उनीहरुले सम्बन्ध सकाएका हुन् । 

मिलन अमात्य (गायिका)
गायिका मिलन अमात्यले श्रीमान मेन्सन अमात्यसँग यसै बर्ष डिर्भोस गरिन् । दुवै जनाबीच पारिवारिक खट्पट उत्पन्न भएपछि उनीहरुले काठमाडौं जिल्ला अदालतमा पुगेर सम्बन्धमा पूर्ण बिराम लगाए । मिलन श्रीमानबाट सांगीतिक यात्रामा सहयोग भएन भन्दै असन्तुष्ट थिइन्, भने मेन्सनले भने उनी अर्काेसँग प्रेममा रहेको बताएका थिए । व्यापारी मेन्सन र मिलनको ६ वर्षअघि विवाह भएको थियो । उनीहरुका बालबच्चा भने छैनन् ।

रीमा विश्वकर्मा (मोडल/अभिनेत्री)
रीमाले पति रोवर्ट विश्वकर्मासँगको सम्बन्ध यसै बर्ष तोडेकी छन् ।  पति रोर्बटसँग करिब १ बर्ष अघिदेखि सुरु भएको आन्तरिक मनमुटाबका कारण दुबैले सम्बन्धमा पूर्णबिराम लगाएका हुन् । उनले १५ सेप्टेम्बर२०१५ मा आफ्नो रोजाईमा बेलायतमा बस्दै आएका रोबर्ट बिश्वकर्मासँग बिबाह गरेकी थिइन् । रीमा र रोर्बटले बिबाहको हनिमुन खर्च कालकारहरुको संस्थालाई आर्थिक सहयोग गर्दै बैबाहीक सुरुवात गरेका थिए ।

तेजुला खतिवडा (अभिनेत्री)
अभिनेत्री तेजुला खतिवडाले पति सुमनराज बस्नेतसँग यसैबर्ष सम्बन्ध विछेद गरेकी छिन् । उनीहरुले ०७३ फागुन ७ मा विवाह गरेका थिए । तेजुला र सुमनराजले जिल्ला अदालत काठमाडौंबाट आधिकारीक रुपमा सम्बन्ध विछेद गरेका थिए । रातोपाटी । जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीस अमृतबहादुर बस्नेतले उनीहरुको सम्बन्ध विच्छेदको निर्णय सुनाएका थिए । चलचित्र र मोडलिङमा सक्रिय तेजुलाले जापान बस्दै आएका पेशाले कानुन व्यवसायी सुमनराजसँग लगनगाँठो कसेकी थिइन् । उनीहरुको एकवर्ष नबिदै सम्बन्ध विछेद भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप