नेप्से दोहोरो अंकले बढ्दा पनि एनएलआइसीका संस्थापकले सबै भन्दा बढी गुमाए
काठमाडाैं-सोमबार नेप्से परिसुचक दोहोरो अंकले बढेको छ । बजार १७.४२ अंकले बढेर १२९७.५७ अंकमा आइपुगेर रोकिएको छ । समग्रमा बजार १.३६ प्रतिशतले बढेको हो ।
कारोबारमा आएका १६७ कम्पनीको ५७ करोड ६८ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्रि भएको छ । यस दिन अन्य समुह बाहेक सबै समुहमा हरियाली छाएको छ । बजार दोहोरो अंकले बढ्दा सबैभन्दा बढी बिमा समुह २९३.२४ अंकले बढेको छ भने माइक्रोफाइनान्सतर्फ ७२.११ अंकले बढेको छ । होटल समुह ५२.१६ अंकले बढेको छ । यो दिन सबैभन्दा बढी प्रभु बैंकको २ करोड ८१ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
प्रिमियर इन्सुरेन्सको २ करोड ३३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ भने गुराँस लाइफ इन्सुरेन्सको २ करोड १२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
बजार बढ्दा सबैभन्दा बढी प्रुडेन्सियल इन्सुरेन्सका संस्थापक लगानीकर्ताले कमाएका छन । बजार बढ्दा पनि सबैभन्दा बढी गुमाउनेमा नेपाल लाइफ इन्सुरेन्सका लगानीकर्ता परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ