शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टाइटानिक दुर्घटनाबारेमा फैलिएका पाँच मिथक र तिनको यथार्थ

सोमबार, ०३ वैशाख २०७५, १५ : ५२
सोमबार, ०३ वैशाख २०७५

काठमाडौँ । १०६ वर्ष पहिले टाइटानिक नामक जहाज आफ्नो पूरा गतिमा बेलायतबाट अमेरिका जाँदै थियो । तर, बीच बाटोमै त्यो जहाज एक विशाल ‘आईसबर्ग’मा ठोक्कियो । त्यसको अढाई घण्टा पछि जहाज आन्द्र महासागरमा डुब्यो । फिल्म टाइटानिक यही घटनामा आधारित थियो ।

यो दुर्घटनामा १५०० भन्दा बढी मानिसहरुको ज्यान गयो । टाइटानिक डूब्नुभन्दा पहिले के भएको थियो ? यसबारेमा कयैन मिथक र कथा छन् । र, धैरेजसो मानिसहरुको जानकारी ऐतिहासिक तथ्यमा नभएर यसबारेमा बनेको फिल्ममा आधारित छन् ।

यस दुर्घटनाबारेमा बनेका मध्ये अमेरिकी निर्देशक जेम्स क्यामरुनले सन् १९९७ मा बनाएको टाइटानिक फिल्म सबैभन्दा चर्चित रह्यो । ब्यापारिक रुपमा पनि निक्कै सफल भएको यो फिल्मले ११ विधामा ओष्कार अवार्ड हात पा¥यो । १४ अप्रिल १९१२ मा भएको यो घटनालाई पुनः एक पटक सम्झना गराउनको लागि उक्त फिल्मलाई सन् २०१२ मा थ्री डी इफेक्टको साथमा रिलिज गरियो ।

रहस्यमयी रुपमा डुबेकाले टाइटेनिक बारेमा कयैन फिल्म, डकुमेन्ट्रीका अतिरिक्त कयैन मनगढन्ते कथाहरु बनेका छन् ।

मिथक १ :‘कहिल्यै नडुब्ने जहाज’ 

टाइटानिक फिल्ममा नायिका रोजकी आमाले बेलायतको साउथहैम्पटन बन्दरगाहमा उभिएर जहाजलाई हेर्दै भन्छिन्, “कहिल्यै नडुब्ने भनिएको जहाज यही हो ?”

तर लण्डनको किङ्ग कलेजको रिचर्ड हावेल्सको विचारमा टाइटानिकको बारेमा यो सबैभन्दा ठूलो मिथक हो ।

उनी भन्छन्, “मानिसहरुले जे सोचे पनि यस्तो मिथक एक कथा निर्माणको लागि प्रयाप्त हुन्छन् तर जहाज निर्माता ‘व्हाइट स्टार लाइन’ ले कहिले पनि यस्तो दावी गरको थिएन र खासमा यो जहाज डूब्नुभन्दा पहिले कसैले यस्तो कुरा लेखिएको पनि थिएन ।”

मिथक २ : डुब्नु अघि ब्याण्डको अन्तिम गीत 

टाइटानिक फिल्मको सम्झनालायक दृश्यहरुमध्य एकमा जहाज डूब्ने समयमा यात्रीहरुको मनोबल कायम राख्नको लागि ब्याण्डले सङ्गीत बजाइरहेको देखिन्छ ।

ब्रिटिश फिल्म इन्टिट्युटको अर्काइभका संकलक साइमन म्याककुलमका अनुसार ब्याण्डको अन्तिम गीत कुन थियो भनेर अहिले पनि बहसको विषय छ ।

उनी भन्छन्, “केही प्रत्यक्षदर्शीका अनुसार ब्याण्ड त्यो समय मनोबल बढाउनको लागि लोकप्रिय संगीतको धुन बजाइरहेको थियो । खासमा अन्तिम धुन कुन थियो भनेर कहिल्यै पत्ता नलग्न सक्छ । किनकी व्याण्डका सातैजना सदस्यहरु जहाज दुर्घटनामा मरे । यो दृश्यको प्रयोग फिल्मको एक रोमान्टिक छवि बनाउनका लागि प्रयोग गरिएको छ ।”

क्यामरुनको फिल्ममा सल्लाहकारको रुपमा काम गर्ने र टाइटाइनिक ऐतिहासिक समाजका सदस्य पल लाउडेन–ब्राउनका अनुसार १९५८ मा बनेको टाइटानिक दुर्घटनाबारेमा बनेको फिल्म ‘ए नाइट टु रिमेम्बर’को संगीतकारको दृश्य निर्देशकलाई यति मन प¥यो कि उनले यसलाई १९९७ को आफ्नो फिल्ममा दोह¥याउने निर्णय गरे ।

मिथक ३ : जहाजका क्याप्टेन स्मिथको मृत्यु

यसै हिसाबले टाइटानिकको कप्तान एडवर्ड जे स्मिथको अन्तिम क्षणबारेमा पनि निकै कम जानकारी रहेको छ । ‘आइसवर्ग’को बारेको चेतावनीलाई वेवास्ता गरेको र जहाजको गति कम नगरेको भए पनि उनलाई नायकको रुपमा हेरिन्छ ।

लाउडेन–ब्राउनलाई फिल्ममा देखाइएको उनको छवि मन परेन । किनकी “उनलाई जहाजमा कति मानिसहरु छन् र कति लाइफबोट छ भनेर थाहा थियो तर पनि उनले जहाज डुब्न लाग्दा लाइफबोट पूरै नभरिदा पनि अघि बढाए ।”

पहिलो लाइफबोटमा केवल २७ मानिसहरु मात्र पठाइयो । जबकी त्यसमा ६५ मानिसहरु अँट्थे । कयैन लाइफबोट आधी मानिस हालेरै पठाइयो जो बाँकी यात्रुलाई लिन फर्किएनन् ।
लाउडेन–ब्राउन अगाडी भन्छन्, “जे जति भयो यसको लागि केबल स्मिथ नै जिम्मेवार थिए ।”

क्याप्टेनले यात्रुहरुलाई जहाज छोड्ने सामान्य निर्देशन दिएका थिए । उनले बताएनन् कि टाइटानिक खतरामा छ । आपतकालिन स्थितिमा बाहिर निक्लनको लागि निकासको कुनै योजना थिएन ।

लण्डनको राष्ट्रिय समुन्द्री संग्राहलयका जोन ग्रेब्स पनि त्यो रात स्मिथ कहाँ गायब भए भनेर कसैलाई थाहा नभएको मान्दछन् ।

मिथक ४ : ‘खलनायक’ जहाज मालिक

टाइटेनिकको दूर्घटनाको चर्चा हुँदा यसको कम्पनीको मालिक जे ब्रूस इसमेको कायरताको बारेमा पनि चर्चा हुने गर्छ । मिथक अनुसार महिला र बालबच्चाहरु बचाउनुभन्दा पहिला नै उनी आफै लाइफबोटमा चढेका थिए ।

टाइटेनिक ऐतिहासिक समाजका उपाध्यक्ष पल लाडेन–ब्राउनका अनुसार यो आरोप पछाडि इसमे र प्रभावशाली अमेरिकी पत्रिका मालिक विलियम रुडल्फ हस्र्टबीच रहेको पुरानो दुश्मनी कारण पनि हुन सक्छ । 

दुघटनापछि हस्र्टको पत्रिकामा एक सूचि मरेका मानिसहरुको थियो र अर्कोमा बाचेको मानिसहरुको सूचि थियो । र बाचेको सुचिमा भने इसमेको नाम मात्र थियो । यस पछाडी अमेरिकामा इसमेको निक्कै बदनामी भएको थियो ।

तर, लाडेन–ब्राउन टाइटानिक दुर्घटनामा आधारित विभिन्न फिल्महरुमा ब्रूस इसमेको खलनायकको हिसाबमा देखाउनु गलत मान्छन् । सन् १९१२ मा ब्रिटेनमा जहाज डूब्ने कारण भएको जाँचको रिपोर्ट अनुसार

अन्तिम लाइफबोटमा बस्नु अघि इसमेले कयैन यात्रुहरुलाई सहयोग गरेका थिए ।

क्यामरुनको फिल्मको लागि सल्लाहकार रहेका लाउडेन–ब्राउनको विश्वास छ कि मानिसहरु जे हेर्न चाहन्छन् त्यसैको आश गर्ने गरिन्छ ।

मिथक ५ : तृतीय श्रेणीको यात्रुलाई नियन्त्रण 

जेम्स क्यामरुनको निर्देशन रहेको टाइटानिकमा एक भावुक दृश्य छ जसमा तृतीय श्रेणीका यात्रुहरुलाई जहाजको तल्लो हिस्सामा जबरजस्ती रोकेर र तिनीहरुलाई लाइफबोट सम्म पुग्न दिइदैन ।
किङ्ग कलेजका रिचर्ड हावेल्स यो कुराको कुनै ऐतिहासिक प्रमाण नभएको बताउँछन् ।

यथार्थमा टाइटेनिक जहाजको तेस्रो श्रेणीको यात्रुहरुलाई बाँकीबाट अलग राख्नको लागि ढोका थियो ।

खासमा टाइटेनिकको तृतीय श्रेणीका धेरै जसो यात्रुहरु राम्रो जीवनको खोजमा अमेरिका गइरहेका संसारभरका यात्रुहरु थिए । यसमा आर्मेनिया, चीन, रुस, सिरिया र बेलायतका यात्रुहरु थिए । अमेरिकी आप्रबासन कानुन अनुसार उनीहरुलाई अमेरिका पस्नु अघि एलिस टापूमा रोग र अन्य परिक्षणको लागि राक्नुपथ्र्यो । यही कारणले तिनलाई अलग राखिएको विश्वास गरिन्छ ।

तर, प्रत्यक वर्गको लागि लाइफबोट छुट्याइएको भए पनि जहाजको तृतीय श्रेणीका मानिसहरुलाई दिइएन ।

जहाजमा रहेको लाइफबोट पहिले प्रथम श्रेणी र त्यसपछि द्वीतीय श्रेणीको यात्रुको लागि दिइयो । त्यस्तै पछि बेलायतले दुर्घटनाको बारेमा बनाएको जाँच समितीमा टाइटेनिकमा सवार कोही पनि तेस्रो श्रेणीको यात्रुलाई सोधिएन । उनीहरुको प्रतिनिधित्व डब्ल्यू डी हरबिंसन नामक एक वकिलले गरेका थिए ।

रिपोर्टमा तेस्रो श्रेणीमा रहेका मानिसहरुलाई अमेरिकी आप्रबासनको नियम लागु गरिएको तर बन्दी अवस्थामा नराखिएको लेखिएको छ ।

त्यसैले यसमा स्पष्ट जानकारी रहेको छैन । तर लाइफबोटमा चढाउनको लागि महिलाहरुलाई पहिलो प्राथमकिता दिएकाले यो दुर्घटनामा बच्नेमा धेरै महिलाहरु थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप