बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

छोरालाई हिरो बनाउँदै शिव श्रेष्ठ

सोमबार, ०३ वैशाख २०७५, १६ : ११
सोमबार, ०३ वैशाख २०७५

काठमाडौं – सेलिब्रेटीका सन्तती चलचित्र अभिनयमा देखिने क्रम बढ्दो छ । यस्तैमा नेपाली एक्सन किङ अभिनेता शिव श्रेष्ठका छोरा पनि अभिनयमा डेब्यु गर्ने भएका छन् । 
शिवका छोरा शक्ति चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मार्फत अभिनयमा देखिन लागेका हुन् । चलचित्रको केही दिन अगाडी मुर्हुत गरिएको छ । मुर्हुतमा सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुनको आतिथिका रुपमा सहभागी थिए ।
कार्यक्रममा उपराष्ट्रपति पुनले अहिलेसम्मका चलचित्र भन्दा फरक र राम्रो बनाउन सुझाए ।
चलचित्र अभिनेता शिवले निर्माण गर्न लागेका हुन्, भने दिपेश सापकोटाले निर्देशन गर्नेछन् । 
भदौमा रिलिज गर्ने लक्ष सहित निर्माण थालिउको चलचित्रका कथा, प्रस्तुतकर्ता एवं निर्माता शिव श्रेष्ठ रहेका छन् । दिनेश दर्शनधारी, यशोदा राई यसका निर्माता हुन् । 
काठमाडौं, मकवानपुर, जनकपुर, वीरगन्ज, संखुवासभा र विदेशमा समेत छायाँकन हुने चलचित्रमा अर्जुन पोखरेल, वसन्त सापकोटा र सन्तोष रजौरे लगायतकाको रहनेछ । 
कविराज गहतराज, वसन्त श्रेष्ठ, गोविन्द राई र कमल राईलगायत  नृत्य निर्देशकको नृत्य रहने माला लिम्बू, प्रियंका कार्की, आयुष्मान जोशी, नरेन खड्का, वर्षा राउत, सन्जोग कोइराला, रेखा फागो, ध्रुव कोइराला र बसुन्धरा भूसाल र शिवानी गिरि लगायत दर्जनौँ कलाकार अभिनयमा रहनेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप