वन्दीगृहमा झडप हुँदा सात कैदीको मृत्यु, १७ घाइते
सोमबार, ०३ वैशाख २०७५, २० : १८
वासिङ्टन । संयुक्त राज्य अमेरिकाको साउथ केरोलिना राज्यस्थित एक कैदी गृहमा कैदीहरूबीच भएको झडपमा कम्तिमा सात जनाको मृत्यु भएको साउथ केरोलिनाको कैदी सुधार विभागले सोमबार जनाएको छ ।
उक्त झडपमा परी कम्तिमा १७ जना घाइते भएका बताइएको छ ।
मजबुत सुरक्षास्थिति रहेको मानिने विशपभिल ली करेक्सनल इन्स्टिच्युसनमा (लीसीआई) आइतबार राति २ बजेर ५५ मिनेटको समयमा झडप भएको विभागले पुष्टि गरेको छ । विभागले झगडा शान्त बनिसकेको पनि जनाएको छ ।
“लीसीआईमा भएको झडपमा सात जनाको मृत्यु भएको छ भने घाइते १७ जनालाई कारागार बाहिर लगी उपचार गरिराखिएको छ,” विभागले आफ्नो ट्वीटर पेजमा उल्लेख गरेको छ । विवाद के कारण भएको भन्ने विषयमा विस्तृत विवरण आइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै