बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रूसद्वारा सिरिया आक्रमणबारे अनुसन्धानमा अवरोध ग¥यो भन्नु निराधार आरोप : क्रेमलिन

सोमबार, ०३ वैशाख २०७५, २० : २२
सोमबार, ०३ वैशाख २०७५

रूस । अन्तर्राष्ट्रिय रासायनिक हतियार अनुगमन अधिकारीहरूलाई सिरियामा केही दिन पहिले भएको भनिएको रासायनिक हतियार आक्रमणबारे छानविन गर्न गएको समूहलाई रूस र सिरियाले अवरोध गरेको भनी आएको खबरहरू आधारहीन भएको रूसी प्रशासनिक केन्द्र, क्रेमलिनले जनाएको छ । 

“हामीले रूसमाथि लागेका यस्ता आरोपमा कुनै सत्यता नभएको बताउन चाहन्छौँ,” रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले बताए । उनले भने, “मस्को सिरियामा रासायनिक आक्रमण भएको भनिएको घटनाको पूर्वाग्रहविना अनुसन्धानको पक्षमा रहेको छ ।” 

यस पहिले नेदरल्याण्डका लागि बेलायती राजदूतावासले रूस र सिरियाले रासायनिक हतियार निवारण सम्बन्धि अन्तर्राष्ट्रिय संगठनले (ओपिसीडब्लु) खटाएका सदस्यलाई सिरियाको डुमा ९घटनास्थल०मा प्रवेश गर्न अझसम्म अवरोध गरेको भनी जानकारी गराएपछि यस समाचारले विश्वको ध्यान आकर्षण गरेको थियो । 

गत अप्रिल ७ गते भएको भनिएको उक्त आक्रमणमा रूसबाट समर्थन प्राप्त सिरियाली राष्ट्रपति वसर अल–असदको प्रशासनले क्लोरिन र सारिन नामक विषाक्त ग्यास हमलामा ४० जना विद्रोही पक्षधर नागरिकको मृत्यु भएको थियो । 

ओपिसीडब्लु प्रमुख अहमेत उजुम्कुले शनिबार दमास्कस पुगेपछि अनुसन्धान समूहको सिरिया आगमनबारे स्थानीय प्रशासनलाई जानकारी गराएका थिए ।  

अनुसन्धानमा हस्तक्षेप नगर्ने प्रतिवद्धता जनाएको र अमेरिकी नेतृत्वमा फ्रान्स र बेलायतले गत हप्ताको अन्त्यमा सिरियामा गरेको क्षेप्यास्त्र हमलाका बिषयमा आलोचना गर्दै अनुसन्धानका लागि आएको समूहको विश्वसनीयतालाई प्रभावित तुल्याउन क्षेप्यास्त्र आक्रमण गरिएको मस्कोले जनाएको छ । 

पेस्कोभले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँले दावी गरे अनुसार मस्को र अङ्काराबीचको सम्बन्धमा पनि समस्या देखिएको भन्ने भनाईप्रति पनि आलोचना गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप