बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहपछि महिलाको शरिरमा आउँछन् यस्ता परिवर्तन

मङ्गलबार, ०४ वैशाख २०७५, ०९ : ०२
मङ्गलबार, ०४ वैशाख २०७५

विवाहपछि महिलाको मानसिक, भावनात्मक र शारिरिक परिवर्तन आउने गर्दछ । भारतको एमपी मेडिकल साइन्स युनिभर्सिटीमा एनोटोमी र फिजियोलोजी डिपार्टमेन्टकी असोसिएट प्रोफेसर डा. नम्रता दुबेका अनुसार महिलाको शरिर प्रजननका लागि बनेको हुन्छ । १०/११ वर्ष हुँदा नै उनीहरुमा ओभुलेसन अर्थात् अण्डा बन्ने प्रक्रिया सुरु हुन्छ । महिनावारीपश्चात् उनीहरु गर्भाधानका लागि तयार हुन्छन् । विवाहपश्चात् उनीहरुको यौनाङ्ग पनि पहिलेको तुलनामा मेच्योर हुन्छ ।

विवाहपछि महिलामा कस्ता परिवर्तन आउँछन् ?

भारतका फर्टिलिटी एक्सपर्ट डा. रणधीर सिंहका अनुसार विवाहपछि महिला श्रीमानसँग यौनसम्बन्ध स्थापित गर्छन् र उनीहरुको शरिर प्रजननका लागि तयार हुन्छ । यो दौरान उनीहरुको शरिरमा एस्ट्रोजनजस्ता थुप्रै हर्मोनको स्तरमा वृद्धि हुन्छ । यिनै हर्मोन एक्टिभेट भएका कारण थुप्रै शारिरिक र मानसिक परिवर्तन हुने गर्दछ ।

विवाहपश्चात् महिलामा हर्मोनल परिवर्तन हुन्छ । यसले भोक बढाउँछ, बोसो जम्मा हुन थाल्छ र तौल बढ्ने गर्दछ ।

विवाहपछि महिलामा यस्ता थुप्रै हर्मोन रिलिज हुन्छ जसका कारण छाला नरम, चम्किलो र स्वस्थ हुन्छ ।

विवाहपछि महिलामा एस्ट्रोजन नामक हर्मोनको स्तरमा निकै वृद्धि हुन्छ जसका कारण कपाल बाक्लो, चम्किलो र घना हुने गर्दछ ।

विवाहपछि महिलाको शरिरमा बोसो बढ्ने गर्दछ । पेट, तिघ्रा, हिप र छातीमा बोसो जम्मा हुने गर्दछ ।

विवाह पछि महिलाको शरिरमा एस्ट्रोन नामक हर्मोन बढ्ने भएकाले यसले मुटुलाई जोगाउँछ । साथै शरिरको गन्ध पनि तेज हुने गर्दछ ।

हर्मोन एक्टिभ हुने भएकाले र तनाव कम हुने भएकाले दिमाग पनि धेरै सक्रिय र स्वस्थ हुन्छ ।

महिनावारीको साइकलमा कुनै परिवर्तन आउँदैन तर हर्मोन सक्रिय हुने भएकाले ढिलो वा अघि नै हुन सक्छ ।

विवाहपछि धेरैजसो महिलालाई चायाँ पोतोको समस्या देखा पर्न थाल्छ जुन हर्मोनमा परिवर्तनका कारण हुने गर्दछ । साथै गर्भ रोक्नका लागि थुप्रै महिलाले गर्भनिरोधक औपाधीको प्रयोग गर्दछन् जसले चायाँ पोतोको समस्या निम्त्याउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप