शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिटीमाथि ट्रान्सफर प्रतिबन्धको खतरा

मङ्गलबार, ०४ वैशाख २०७५, १० : २२
मङ्गलबार, ०४ वैशाख २०७५

लण्डन । म्यान्चेस्टर सिटीले आगामी दुई ट्रान्सफर विन्डोमा कुनै पनि नयाँ खेलाडी अनुबन्ध गर्न नपाउने गरी प्रतिबन्ध लाग्ने खतरा रहेको छ । यसले पेप ग्वार्डिओलालाई आफ्नो उपाधि विजेता टोलीलाई थप मजबुत बनाउनबाट रोक्ने छ ।

सिटीले अनुबन्ध गरेको अर्जेन्टिनी युवा खेलाडी बेन्जामिन गारेको मुद्दा बारेमा यही हप्ता फैसला सुनाइने कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (सिएएस) ले जनाएको छ ।

ग्वार्डिओला आफ्नो टोलीमा नयाँ खेलाडी अनुबन्ध गर्न इच्छुक छन् तर, अब यो सिएएसको निर्णयमा भर पर्नेछ ।

सिएएसका प्रवक्ताका अनुसार गारेको विवादास्पद अनुबन्धबारे आगामी सात दिन फैसला गरिनेछ ।

सिटी स्रोतका अनुसार ग्वार्डिओला टोलीमा कम्तिमा दुई खेलाडी थप गर्न चाहन्छन् । तर, सिएएसले गारेको क्लब भेलेज सार्सफिल्डको पक्षमा फैसला सुनाउने अपेक्षा गरिएको छ । सार्सफिल्डको दाबी छ, सिटीले गारेलाई ट्रान्फर नियम विपरित १५ वर्षको उमेरमा सम्पर्क गरेको थियो भने उनी १६ वर्ष पूरा हुने बित्तिकै अनुबन्ध गरेको थियो ।

यदी यो मुद्दा हारे सिटीले दुई वटा ट्रान्सफर विन्डोमा प्रतिबन्ध खेप्नेछ जसमा उसले सन् २०१९ को जनवरीसम्म कुनै पनि नयाँ खेलाडी अनुबन्ध गर्न पाउने छैन ।

यसअघि, एथ्लेटिको म्याड्रिड, बार्सिलोना र रियल म्याड्रिडले यस्तै मामिलामा ट्रान्सफर प्रतिबन्ध खेपिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप