विश्व सम्पदा जोगाउन साइकल र्यालीको आयोजना (फोटो)
मङ्गलबार, ०४ वैशाख २०७५, ११ : ३८
काठमाडौँ । विश्व सम्पदाको संरक्षण गर्ने उद्देश्यले आज काठमाडौमा साइकल र्यालीको आयोजना गरिएको छ ।
एल.सि.सि लक्ष्मी साईकल सेन्टरका संचालक उत्तम मानन्धरको नेतृत्वमा आज बिहान ८ बजे देखि ९ बजे सम्म साईकल र्यालीको आयोजना गरिएको थियो ।
बसन्तपुर देखि स्वयम्भूसम्मको साईकल यात्रालाई उद्घाटन गर्दे काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले काठमाडौँको इट्टा इट्टामा सम्पदा भएको भन्दै यसको संरक्षणमा लाग्नु पर्ने बताए ।
कार्यक्रममा प्रदेश नम्बर तीनका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले रिबन काटेर र्यालीको औपचारिक उद्घाटन गरेका थिए ।
यात्रामा १ सय २० जना साईकल यात्रीको सहयाभागीता रहेको थियो ।
त्यस अवसरमा साइकलहरुको स्टन्ट पनि प्रस्तुत गरिएको थियो ।