बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यसकारण हुन्छ मोतीबिन्दु

मङ्गलबार, ०४ वैशाख २०७५, ११ : ५३
मङ्गलबार, ०४ वैशाख २०७५

काठमाडौं । आँखाको लेन्समा दाग लागेपछि क्रमशः आँखाको दृष्टि कमजोर हुँदै जाने, आँखाले सहजै वस्तुहरू देख्न गाह्रो हुने, चहकिलो उज्यालोमा पनि हेर्न नसक्ने, रातको समयमा दृष्टि कमजोर हुने अवस्थालाई नै मोतीबिन्दु भनिन्छ ।

अाँखा डाक्टर पारस पंजियारको अनुसार प्राकृतिक रूपमा आँखामा एउटा लेन्स हुन्छ । त्यो लेन्समा दाग अर्थात धब्बा बस्नुलाई नै मोतिविन्दु भनिन्छ ।
डा. पंजियारका अनुसार यो समस्या धेरैजसो वर्ष ५० कटेका व्यक्तिहरूमा देखिन्छ । तर चोटपकट वंशाणुगत रूपमा भने अगाडि नै हुनसक्छ ।
मोतिविन्दु हुने प्रमुख कारण  
जन्मजात हुने मोतिविन्दु ।
मधुमेहको कारण ।
दुर्घटना ।
विकिरणको प्रभाव ।
बढी उज्यालो प्रकाशमा लामो समयसम्म बस्दा ।
धूमपानको कारण ।
जन्मजात हुने मोतिविन्दु  

डा. पंजियारका अनुसार मोतिविन्दुमा जन्माजात हुने मोतिविन्दु पनि  पर्छ । जन्मजात हुने मोतिविन्दु भने रुवेला र साइटो मेगेला भाइरसको इन्फेक्सन भएको आमाबाट जन्मिएको बच्चामा मोतिविन्दु  हुन सक्ने सम्भाना हुन्छ । यस्तै जन्मजात मोतिविन्दु भएको श्रीमान श्रीमतीबाट जन्मिएको सन्तानमा पनि मोतिविन्दु सर्न सक्छ । यो समस्या जन्मजात नदेखिएपछि जन्मेको २, ३ महिनामा समस्या देखापर्न सक्छ । 

मोतिविन्दु हुनबाट बच्न खानापानमा बढी ध्यान दिनुपर्छ भने घाममा कम हिँड्डुल गर्दा राम्रो हुन्छ । बाहिर हिँड्दा चस्माको प्रयोग गर्ने र आँखालाई चोटपकट लाग्नबाट बचाउनु नै मोतिविन्दु हुनबाट जोखिने मुख्य उपाय हुन् ।

डाक्टर पंजियारको अनुसार मोतिविन्दु ५० वर्षभन्दा माथिका उमेरका नागरिकमा देखिने रोग हो । नेपालको हिसाबमा भन्ने हो भने भूगोलको आधारमा मोतिविन्दुको समस्या घटबढ हुन सक्छ ।
भौगोलिक आधारमा चिसो ठाउँमा बसोबास गर्ने नागरिकलाई कम मोतिविन्दु लाग्ने गरेको डा. पंजियारको अनुभव रहेको छ ।

यस्तै गर्मीमा बस्ने, घाममा काम गर्ने, गरिब नागरिकमा मोतिविन्दुको समस्या बढी देखिने गरेको छ ।  पंजियारका अनुसार नेपाली समाजमा आँखामा धुलो पसेपछि निको हुन्छ भन्दै दूध हाल्ने चलन गलत भएको पनि बताए ।
सावधानी अपनाउनुस्  
घाममा धेरै नबस्ने, बाहिर हिँड्डुल गर्नुपर्दा चस्मा लगाउने ।

आँखालाई चोटपटक लाग्नबाट बच्ने ।

डाक्टरको सल्लाहबिना आँखामा औषधि नराख्ने ।
 
(डाक्टर पारस पंजियार, ग्राण्डी अन्तराष्ट्रिय अस्पताल र ग्रिनसिटी अस्पतालमा कार्यरत छन् ।)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप