शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि  बढ्न्पर्छः कांग्रेस नेता  विश्वकर्मा

मङ्गलबार, ०४ वैशाख २०७५, १२ : २६
मङ्गलबार, ०४ वैशाख २०७५

काठमाडौं–प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढनुको विकल्प नरहेको बताएका छन् । 

नेता विश्वकर्माले ६ महिना भित्र संवैधानिक व्यवस्था अनुसार कानुन निर्माणको कामलाई सम्पन्न गर्न पनि सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढनुको विकल्प नरहेको बताएका हुन् । 
 मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभामा ७ वटा समिति बनाउन उपयुक्त हुने प्रस्ताव पनि अघि सारे । 
 प्रतिनिधि सभा नियमावली मस्यौदा समितिमा १० वटा समिति बनाउने विषयमा करिव सहमति जुटेको छ । तर ,नियमावली मस्यौदा समितिको सदस्य समेत रहेका काँग्रेस नेता विश्वकर्माले भने मन्त्रालयको संख्या घटेकै अनुपातमा समितिहरुको संख्या पनि घटाएर ७ वटा बनाउन उपयुक्त हुने धारणा पार्टीको रहेको बताए । 
उनले  प्रतिनिधिसभामा विषयगत समितिहरुको संख्याको विषयमा निर्णय लिन विज्ञहरुसँग परामर्श गर्नुपर्ने माग पनि गर्नु भयो ।
बाइट...मीन विश्वकर्मा, नेता, नेपाली काँग्रेस
काँग्रेस नेता विश्वकर्माले राज्यलाई व्ययभार हुनेगरी समितिहरुको संख्या बढाउने कुरा जायज नहुने तर्क समेत गरे । 
उनले  काँग्रेस न्यायपालिकालाई संघीय संसदको मातहत ल्याउने कुराको विपक्षमा रहेको पनि स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप