बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

२ दिनमा ३५ लाख भन्दा बढीको कारोबार

मङ्गलबार, ०४ वैशाख २०७५, १२ : ३३
मङ्गलबार, ०४ वैशाख २०७५

काठमाडौं– ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ आयोजना गरिएको २१ औं फ्लोरा एक्स्पोमा २ दिनमा ३५ लाख भन्दा बढीको कारोबार भएको छ । 
काठमाडौंको भृकुटिमण्डपमा जारी एक्स्पोमा करिब ३५ हजारले अवलोकन गरेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।
पुष्प व्यावसायीहरुको छाता संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा चैत ३० गते देखि सञ्चालन भईरहेको एक्स्पोमा नेपाल सरकार कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोग तथा पुष्प बिकास केन्द्रको सहकार्य रहेको छ । 
मेलामा १० वटा अफिसिल स्टल, १ वटा प्रतियोगितात्मक प्रदर्शनीका स्टल, ४ वटा ल्याण्डस्केपिङ्गका स्टल, ६५ वटा व्यवसायीक स्टल र २ वटा फूडस्टल गरि जम्मा ८२ वटा स्टल रहका छन् । 
त्यसैगरि, एक्स्पोमा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहेको मेला संयोजक तथा एसोसिएसनका उपाध्यक्ष रामजी तिमिल्सिनाले जानकारि दिए ।
फ्लोरिकल्चर एसोसिएसनका अनुसार नेपालमा बिस २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय काठमाडौंबाहेक धनगढी, पोखरा, नारायणघाट, हेटौंडा, बुटवल, विराटनगर, धरान, झापा लगायतका क्षेत्रमा विस्तार भईसकेको छ । 
गत आब २०७३÷७४ सम्म आई पुग्दा ४१ जिल्लामा लगभग ६ सय ७८ ठाँउमा १ सय ५३ हेक्टर क्षेत्रफलमा पुष्प खेति भईरहेको छ, भने करिव ४३ हजार भन्दा बढिले यस क्षेत्रवाट रोजगारी पाएका छन् । गत वर्षमा मात्र १ अर्व भन्दा बढिको कारोबार गर्न सफल भएपनि आब २०७३÷७४ मा १० करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे देखिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप