बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फेसबुकबाट वीर्य दान गरेर बने २२ सन्तानका पिता

मङ्गलबार, ०४ वैशाख २०७५, १२ : ४८
मङ्गलबार, ०४ वैशाख २०७५

एक व्यक्तिमाथि गैर कानूनी रुपमा फेसबुकमा आफ्नो वीर्यको विज्ञापन गरेर २२ सन्तानका पिता बनेको आरोप लागेको छ । अमेरिकाको ग्लास्गोमा बस्ने ३९ वर्षे व्यक्तिले आफूमाथि लागेको आरोप स्विकारेका छन् ।

एन्थोनी फ्लेचर (परिवर्तित नाम) ले बच्चाको आवश्यकता भएका महिलालाई आफ्नो घर नजिकै बोलाएर वीर्य दिने गरेको स्विकारेका छन् । यसबापत्, उनले पैसा नलिएको समेत उनले बताए ।

‘द सन्’ मा प्रकाशित खबर अनुसार फ्लेचरले करिब ५० महिलालाई वीर्य दान गरेका छन् । यो कामका लागि महिलाहरु उनलाई यूनाइटेड किंगडमबाट समेत भेट्न आउने गरेको बताइएको छ । महिलालाई निःशुल्क वीर्य दान गरेर सन्तान जन्माउन चाहने महिलालाई सहयोग गर्ने प्रेरणा पाँच वर्ष अघि नै मिलेको फ्लेचरले जानकारी दिए ।

यद्यपी, डाक्टरले फ्लेचरको यो कार्यलाई निकै खतरनाक बताएका छन् । सुरुवातमा फ्लेचरले एक क्लिनिकमार्फत कानूनी रुपमा आफ्नो वीर्य दान गर्न सुरु गरेका थिए । यद्यपी, यो प्रक्रियामार्फत जन्मेको बच्चालाई आफ्नो पिताबारे बच्चा १८ वर्ष पुगेपछि बताइन्छ । त्यसकारण, फ्लेचरले आफ्नो वीर्य फेसबुकमा अवैध रुपमा बेच्न सुरु गरे ।

यूनाइटेड किंगडममा ह्युमन फर्टिलाइजेशन एण्ड एम्ब्रायोलोजी अथोरिटीको लाइसेन्सबिना शुक्राणु र अण्डा दान दिन अवैध छ । फ्लेचरले फेसबुकमा लेखका छन्, ‘म एक सक्रिय र अनुभवी ‘स्पर्म डोनर’ हुँ । ग्लास्कोदेखि केही मिल टाढा बस्छु । अहिले पनि म महिलालाई गर्भवती बनाउन सहयोग गर्नसक्छु । एकल महिला, समलिङ्गी जोडीलाई वीर्य दान गर्न पाएँ भने मलाई खुसी लाग्नेछ । ’

फ्लेचरले थपे, ‘मलाई तपाईंको ठेगाना बताउनुहोस्, आफ्नो उमेर, रिलेशनशिप स्टेटस, दान गर्ने प्रक्रिया, जे तपाईं चाहनुहुन्छ त्यसबारे जानकारी  िदिनुहोस् । म वीर्य दान गर्दा पैसा लिन्नँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप